18th January | 2020 | Saturday | 3:25:58 AM

बाढीको पानीले भरियो बिहारको पटना

बीबीसी   POSTED ON : आश्विन १३, २०७६ (९:४७ AM)

बाढीको पानीले भरियो बिहारको पटना

नयाँ दिल्ली । अबिरल वर्षाका कारण बिहारको राजधानी पटनामा हाल बाढीको जस्तै वातारण बनेको छ । लगातार भइरहेको वर्षाले शहरमा यति पानी भरिएको छ की लगभग ८० प्रतिशत घरका तल्लो तल पानीमा डुबेका छन् । अस्पताल, विद्यालय, सार्वजनिक कार्यालय, मन्त्रीहरू र नेताहरूको घरमा पनि पानी भरिएको छ । 

सडकहरूमा नाउ चल्न थालेका छन् । र उद्धारकर्ता नाउबाटै बाढीमा फसेका मानिसलाई सुरक्षित स्थानमा लगिरहेका छन् । हजारौं मानिसहरू आफ्नो घरभित्रै पानीमा फसेका छन् । केही क्षेत्रहरूमा त विद्युत् आपूर्ति पनि बन्द भएको छ । केही स्थानहरूमा पिउने पानी र खाद्यान्नको पनि संकट उत्पन्न भएको छ । मौसम विज्ञान केन्द्र पटनाका अनुसार पूरा राज्यमा हाल दक्षिण–पश्चिम मनसून सक्रिय छ । त्यसो त गएका केही दिनदेखि पूरा राज्यमा वर्षा भइरहेको छ । तर राजधानी पटनामा पछिल्लो ४८ घण्टाका क्रममा जति वर्ष (३ सय मिलिमिटरभन्दा धेरै), त्यति त पछिल्ला १० वर्षमा कहिल्यै भएन 

बिहीबारदेखि सुरु भएको वर्षा हालसम्म जारी छ । मौसम विभागका तर्फबाट शनिबार राति ९ बजे जारी पूर्वानुमानका अनुसार आगामी ४८ घण्टासम्म पटनालगायत विहारका १५ जिल्लामा अति वृष्टिको सम्भावना छ । लगातार वर्षा हुँदा राज्य आपत्काली प्रबन्धन विभागले पूरा राज्यमा उच्च सतर्कता चेतावनी जारी गरेको छ । मानिसलाई घरबाट बाहिर नजान सुझाव दिइएको छ । एनडीआरएफ र एसडीआरएफका टुकुडी राहत र उद्धारमा सक्रिय भएका छन् । 

पटनाका डिएम कुमार रविले आगामी आदेशसम्म सबै विद्यालय, कलेज, कोचिंग र परीक्षा बन्द गर्न भनेका छन् । उनले बीबीसीलाई शहरको तल्लो भाग वर्षाले धेरै प्रभावित भएको बताए । राहत र उद्धार कार्यका लागि ६ वटा क्विक रेस्पोन्स टिमले काम गरिरहेका छन् । कन्ट्रोल रूमलाई २४ घण्टा खुला राख्न भनिएको छ । डीएमले भने, ‘वर्षा रोकिएपछि रातह र उद्धार कार्यमा तीव्रता आउनेछ । धनजनको क्षतिबारे भन्न सकिनेछ । जुन क्षेत्रमा पानी धेरै भरिएको छ, त्यहाँबाट उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ । तर लगातार वर्षा भइरहेको छ, पानी बढिरहेको छ ।’ 

ठूलो वर्षाका कारण विहारमा रेल यातायात र उडान सेवाहरू नराम्रोसँग प्रभावित भएका छन् । पूर्व–मध्य रेलले रेल ट्यांकमा पानी भरिएका कारण प्यासेन्जर र एक्सप्रेससमेत १९ ट्रेन रद्द गरिएको छ । केही ट्रेनहरूका रुट परिवर्तन गरिएको छ । एक उडान पनि रद्द गरिएको छ । जबकी दुई उडानलाई रुट परिवर्तन गरिएको छ । पानीले घेरिएको पटना शहरका केही तस्वीर र भीडियो सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन् । मानिसले शहरको लाचार व्यवस्थाको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा केही पटना निगमलाई ‘पटना नर्क निगम’ भनिएको छ । 

आइतबार पटनाको राजेन्द्र नगर क्षेत्रको एक भीडियो भाइरल भयो । जसमा घरको छतबाट एक मानिसरुले रेक्साचालकको भीडियो बनाइरहेका छन् । रेक्साचालक छातीसम्म पानीमा डुबेर रेक्सा तानिरहेको र राइरहेको देखिएको छ । भीडियोमा मानिसले ती रेक्सा चालकलाई रेक्सा छोडेर जान भनिरहेका छन् । तर ऊ आफ्ना रेक्सा तानिरहन्छ । यसप्रकारले शहरको एक ठूलो अस्पताल एनएमसीएचको तल्लो तलामा कही वार्डहरूमा पानी भरिएको छ । केही कोठाहरूमा बिरामीको बेडसम्म पानी पुगेको छ । जसको कारण बिरामीलाई माथिल्लो तलामा सार्ने काम भइरहेको छ । 

सामाजिक सञ्जालमा आइतबार राज्यका मुख्यमन्त्री नितिश कुमारको तस्वीर पनि भाइरल भइरहेको छ । तस्वीरमा उनी आफ्नो आवासको बाल्कोनीबाट छाता ओढेर पानी हेरिरहेको देखिन्छ । आइतबार मुख्यमन्त्रीले आपत्कालीन विभागको बैठक बोलाएर पूरा राज्यको अवस्थाबारे जानकारी लिएका छन् । उनले सबै जिल्ला अधिकारीसँग भीडियो कन्फ्रेन्सबाट कुरा गरेर निर्देशन दिएका छन् । मौसम विभागको पूर्वानुमान अनुसार हाल मौसम सफा हुने कुनै संकेत देखिएको छैन । सोमबार र मंगलबार पनि अविरल वर्षा हुने चेतावनी दिइएको छ । यदि अवस्था यस्तै रहृयो भने यहाँ सेनाको सहयोग आवश्यक पर्ने देखिन्छ । 


Views: 90