19th October | 2019 | Saturday | 8:27:53 PM

दिल्लीका नौ ठाउँमा आतंकवादी हमलाको चेतावनी

एजेन्सी   POSTED ON : आश्विन १७, २०७६ (१०:२३ AM)

दिल्लीका नौ ठाउँमा आतंकवादी हमलाको चेतावनी

नयाँदिल्ली  । भारतका गुप्तचर निकायले केन्द्रीय राजधानी नयाँदिल्लीमा आतंकवादी आक्रमणको चेतावनी दिएका छन् । महŒवपूर्ण तथा ठूला चाडपर्वको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरूले राजधानी नयाँदिल्लीका नौदेखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीको भनाइ छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि हालसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ । 


Views: 81