18th January | 2020 | Saturday | 4:59:18 PM

बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद

  POSTED ON : कार्तिक १८, २०७६ (६:१२ PM)

बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद

लन्डन (रासस(एपी) । बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो । 

बर्काउले हाउस अफ कमन्समा लगातार १० वर्ष सभामुखको जिम्मेवारी सम्मालेका थिए । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का समर्थक समेत रहेको सभामुख बर्काउ बेलायती संसदमा निकै प्रभावशाली व्यक्ति थिए ।

 बेलायतको संसदको सभामुखका लागि आठ जना प्रतिस्पर्धी छन् जसमा बर्काउका तीन जना उपप्रमुखहरु लिन्ड्से होयल, रोजी विन्टर्टन र एलिनार लाइङ तथा लेबर पार्टीका नेता हारियट हर्मन रहेका छन् । 

उम्मेदवार हुन चाहने प्रत्येक व्यक्तिलाई सांसदहरुसँग छलफल गर्न पाँच मिनेटको समय दिइने बताइएको छ । मतदान भने गोप्य हुनेछ । प्रत्येक मतदानमा सबैभन्दा कम मत ल्याउने व्यक्ति हट्दै जाने र अन्तमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति निर्वा्चित भएको घोषणा गरिनेछ ।

रासस


Views: 58