8th April | 2020 | Wednesday | 12:32:51 AM

मध्यपूर्वमा प्रभाव बढाउँदै इरान

बीबीसी   POSTED ON : कार्तिक २७, २०७६ (९:५५ AM)

मध्यपूर्वमा प्रभाव बढाउँदै इरान

लण्डन । लण्डनस्थित इन्टरनेशल इन्स्टिट्यूट फर स्ट्राटिजिक स्टडिज (आइआइएसएस)ले आफ्नो एक अध्ययनमा मध्यपूर्वको पूरा क्षेत्रमा आफ्नो प्रभुत्व बढाउने मामिलामा इरान साउदी अरबसमेत अन्य सबै प्रतिद्वन्द्वीभन्दा निकै अगाडि बढेको बताएको छ । यो अध्ययनअनुसार यस क्षेत्रमा मौजुद इरानका प्रतिस्पर्धी देश पश्चिमा हतियार खरिद गर्न करोडौं डलर खर्च गरिरहेका छन् र धेरैजसो हतियार बेलायतबाट किन्छन् । उता कडा प्रतिबन्धको सामना गरिरहेको इरान यो भन्दा निकै कम मुल्यमा सफलतापूर्वक आफैं रणनीतिक रूपमा मध्यपूर्वमा निकै प्रभावकारी देखिएको छ । सिरिया, लेबनान, इराक र यमन जस्ता देशसँग सम्बन्धित महŒवपूर्ण मुद्दामा ऊ अन्य देशलाई प्रभाव पार्ने अवस्थामा छ । खासमा इरान विस्तारै मध्यपूर्वमा सरकारविरोधी गुटहरूको एक नेटवर्क तयार गर्न सफल भएको छ । 

१९७९ मा इरानमा आयतोल्लाह रुहोल्लाह खोमैनी आएपछि इरानको इस्लामिक गणतन्त्रले लेबनानको हिजबुल्लाहको क्रान्तिकारी विचारधारा र यसको विद्रोही गुटको शक्तिलाई लेबनानको सीमाभन्दा बाहिर पनि फैलाउन प्रयास गरिरहेको छ । आइआइएसएसले आफ्नो २१७ पृष्ठको यो प्रतिबेदन ‘इरानस नेटवक्र्स अफ इंफ्लुएन्स इन द मिडल इष्ट’मा यो क्षेत्रमा इरानको बढ्दो प्रभाव र अभियानबारे महत्वपूर्ण जानकारी दिइएको छ । यो प्रतिवेदन अनुसार इरानको इस्लामिक गणतन्त्रले मध्यपूर्वमा मौजुद निर्णायक शक्तिलाई आफूतर्फ झुकाएको छ । यो प्रतिवेदनका लेखक भन्छन्, ‘इरानले यसका लागि आफ्नो अभियानमा पारम्पारिक शक्तिलाई पछाडि पारिदिएको छ । र यसका लागि विद्रोही शक्तिको उपयोग गरिएको छ ।’ 

इरानले उपयोग गरेका प्रमुख विद्रोही शक्तिहरूमा कुड्स फोर्स एक हो । जो रिभोल्युशनरी गार्डसको एक शाखा हो । जसले देशबाहिरका अभियानलाई कार्यान्वयन गर्छ । कुड्स सेना र यसका प्रमुख मेजर जनरल कासिम सुलेमानी देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईप्रति जवाफदेही हुन्छन् । यो सेना इरानको परम्परागत सैन्य ढाँचाभन्दा फरक छ र यसै कारण एक किसिमले स्वतन्त्र शाखा बनेको छ । 

२००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि इरानले कुड्स सेनालाई सक्रिय बनाएको हो । कुड्स सेनाले अन्य देशका विद्रोहीलाई हतियार र आर्थिक सहयोग गरिरहेको बताइन्छ । र कुड्स सेनाले युद्धको गैरपरम्परागत तरिकालाई पनि अपनाउन सुरु गरेको थियो । जसको नतिजा परम्परागत हतियारमा निर्भर रहेका आफ्नो विरोधीमाथि इरानलाई सफलता प्राप्त भयो । यो प्रविधिमा स्वार्म प्रविधि (ठूलो सैन्य टुकुडीसँगै अलग अलग स्थानमा युद्ध गर्नु), ड्रोनको प्रयोग र साइबर आक्रमण महŒवपूर्ण छन् । 

यसैवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रिभोल्यूशनरी गाड्र्ससमेत कुड्स फोर्सलाई ‘विदेशी आतंकवादी संगठन’ भनेका थिए । यसको जवाफमा इरानले खाडी क्षेत्रमा अमेरिकी सेना आफैं कुनै आतंकवादी गुटभन्दा कम नरहेको प्रतिक्रिया दिएको थियो । सन् २००१ देखि २००६ को अवधिमा बेलायतका विदेशमन्त्री रहेको ज्याक स्ट्रले कैयौं पटक इरानको भ्रमण गरेका छन् । उनी जनरल कासिम सुलेमानीको भूमिका मात्र एक सैन्य कमाण्डरभन्दा धेरै रहेको बताउँछन् ।

आइआइएसएसको प्रतिवेदनबारे लण्डनस्थित इरानी दूतावासका एक प्रवक्ताले भने, ‘यदि यो प्रतिवेदनमा मध्यपूर्वमा इरानको भूमिकाको सम्मान हुनुपर्छ भनिएको छ भने, हामी यसलाई स्वागत गर्छौं ।’ उनले इरानलाई नजरअन्दाज गर्ने नीतिले काम नगरेको भन्दै इरानले यसको विरोध गरेको बताए । उनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानले त्यसबाट हुने घाटालाई निन्त्रणमा राखेको बताए । 

प्रतिबन्धका कारण इरानलाई नोक्शान भए पनि इरान आर्थिक रूपमा एक भयानक स्तरमा छ । तर कुड्स फोर्सले आफ्ना सहयोगीसँग मिलेर एक यस्तो प्रणालीको विकास गरेको छ, जसको लागत कम हुन्छ भने आवश्यक परे प्रभाव भने निकै धेरै हुन्छ । यो प्रतिवेदनअनुसार यस नेटवर्कका कारण रणनीतिक रूपमा इरान ठूलो शक्ति बनिसकेको छ ।


Views: 84