13th December | 2019 | Friday | 5:01:21 PM

हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

  POSTED ON : मंसिर १६, २०७६ (६:०९ PM)

हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

(रासस /सिन्ह्वा) । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राति भएको  एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ ।  ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । 

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ । 

सान एन्टोनियो अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।


Views: 78