27th January | 2020 | Monday | 5:12:52 AM

पूरै संसारमा विद्युत् आपूर्ति बन्द भयो भने...

बिबिसी   POSTED ON : मंसिर २०, २०७६ (१०:४५ AM)

पूरै संसारमा विद्युत् आपूर्ति बन्द भयो भने...

लण्डन । जीवनलाई सजिलो बनाउनका लागि मानिसले जति पनि आविष्कार गरेका छन्, तीमध्ये सबैभन्दा महŒवपूर्ण आविष्कार बिजुली हो । यो आधुनिक जीवनको लाइफलाइन हो । बिजुलीबिना आज जीवनको कल्पना असंभव जस्तै हुन्छ । यदि एउटा घरमा बिजुली गयो भने त्यो घरको सबै काम ठप्प हुन्छ । अर्थात् जीवन नै रोकिन्छ ।

यस्तो अवस्थामा सोच्नुस् यदि पूरै देशमा बिजुली गयो भने कस्तो हाहाकार होला ? यसको सबैभन्दा पछिल्लो उदाहारण ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा देख्न पाइन्छ । भेनेजुएलमा यही वर्ष मार्च महिनामा अचानक पूरै देशको पावर सप्लाई बन्द भयो । पूरै देश अन्धकार भयो । अचानक पैदा भएको यस्तो अवस्थाका लागि भेनेजुएला पहिलादेखि तयारी अवस्थामा थिएन । जसै बिजुली आपूर्ति रोकियो, सबैतिर हाहाकार फैलियो । सबैभन्दा धेरै तनाव त अस्पतालले झेल्नुपर्यो । आपत्कालीन सेवाका लागि जुन जेनेरेटर र पावर बैंक थिए, ती सबै प्रयोग भएर सकिएका थिए । डाक्टर मोबाइलको लाइट बालेर अपरेशन गरिरहेका थिए । जो बिमारी भेण्टिलेटरमा थिए, उनीहरूलाई हाते पम्पमार्फत सास दिने कोसिस गरियो । 

आइसीयूमा मेशिन बन्द थिए । बिमारीको अवस्था बिग्रिँदै गएको थियो । डाक्टर लाचार थिए । बिमारी डाक्टरकै आँखाअगाडि मृत्युवरण गरिरहेका थिए । पाँच दिनसम्म भेनेजुएलाको अवस्था त्यस्तै रहृयो । यी पाँच दिनमा बिजुली नभएका कारण भेनेजुएलमा २६ जना मानिसले आफ्नो ज्यान गुमाए । बिजुली आपूर्ति संकटका क्रममा स्वास्थ्य सेवामा डेटा जाम गर्ने डाक्टरहरूका अनुसार यस क्रममा जति बिमारीको मृत्यु भयो, ती मध्ये धेरै जस्तो यस्ता थिए जो डायलिसिस गराउन आएका थिए । यदि बिजुली हुन्थ्यो र मेशिन चालु हुन्थे भने ती बिमारीलाई बचाउन सकिन्थ्यो । भेनेजुएलाको यो बिजुली ब्ल्याकआउटको असर अस्पतालसम्म मात्र सीमित रहेन । लिफ्ट ठप्प भएका कारण वृद्ध र बालबालिकाले सास्ती व्यहोर्नु पर्यो । फ्रिज बन्द थिए । जसका कारण खाना समयमा खान पाइएन । मोबाइल, कम्प्युटरको व्याट्री सकिँदा सम्पर्कमो माध्यम टुट्यो । 

ट्राफिक लाइट बन्द हुँदा ठाउँठाउँमा ट्राफिक जाम भयो । सडकमा हाहाकार मच्चियो । पानी तान्न मोटर पम्प चलाउन नपाउँदा मानिसहरूले नदी र झरनाको पानी पिउनु पर्यो । भेनेजुएलाले यो वर्ष कयौंपटक बिजुलीको यस्तो संकट झेल्यो । कहिले यो संकट चाँडै सकियो भने कहिले ब्ल्याकआउट केही दिनसम्म चल्यो । कहिले केही घण्टाको कटौती भयो कहिले केही दिनसम्म पनि बिजुली आएन । सेण्ट्रल युनिभर्सिटी अफ भेनेजुएलाका जुलियो कास्त्रोका अनुसार यदि कुनै अस्पतालमा चार घण्टासम्म बिजुली गयो भने त्यसलाई सामान्य मान्न सकिँदैन । सबैभन्दा धेरै समस्या पानीको हुन्छ । बिजुली कटौती हुने दिन बिमारीलाई घरबाट पानी लिएर आउन सुझाव दिन थालियो ।

भेनेजुएला दक्षिण अमेरिकाको एउटा यस्तो देश हो, जो प्राकृतिक तेलबाट मालामाल मुलुक हो । फेरि पनि यहाँका मानिस बिजुली जस्ता अत्यावश्यक चीजको अभावसँग जुधिरहेका छन् । यद्यपि, भेनेजुएलाको सरकारले त्यसो सम्पूर्ण दोष आतंकवादीको टाउकोमा थोपरेको छ । जब कि केही जानकारहरूका अनुसार देशमा यस्तो अवस्थाका लागि पुरानो भइसकेका बिजुलीका ग्रीड जिम्मेवार छन् । जसको लमो समयदेखि न मर्मत सम्हार हुन सकेको छ, न तीनको ठाउँमा नयाँ लाइननै लगाइएको छ । 

लामो समय र ठूलो मात्रामा बिजुली आपूर्ति सप्लाई ठप्प हुनुलाई अंग्रेजीमा ब्ल्याक स्काई इभेण्ट भनिन्छ । यस्तो अवस्था ती देशमा मात्र होइन जहाँ टावरको अवस्था खराब छ, वाइरिङ् पुरानो छ । क्यानडा र अमेरिकाजस्ता विकसित मुलुकमा पनि कयौंपटक लामो समयसम्म बिजुली जाने गरेका उदहारण छन् । त्यहाँका जनताले पनि लामो समयसम्म बिजुली कटौतीको सामना गर्नु परेको छ । तर यी मुलुकमा यस्तो अवस्था कहिलेकाँही प्राकृतिक कारण जस्तै समुद्री वा जेल तुफानका कारणले मात्रै हुन्छ । उही वर्ष जुन महिनामा ल्याटिक अमेरिकी मुलुक उरुग्वे, अर्जेण्टिना र पराग्वेमा बिजुली कटौती हुँदा करिव चार करोड मानिस अँध्यारोमो बस्नु परेको थियो । यसैगरी अगष्ट महिनामा बेलायतमा करिब दश लाख मानिस अन्धकारमा बस्नुपर्यो । 

अचानक बिजुली गएपछि जीवन नै रोकिएजस्तो भयो । जो मानिस रेलमा यात्रा गरिरहेका थिए, उनीहरू त्यहीँ फसे । सडकमा ट्राफिक जाम भयो । ग्यास फायर पावर प्लाण्ट र विंड पावर प्लाण्ट एकैपटक बन्द गर्नुपर्यो । तर, अहिले बिजुली कटौतीका यस्ता घटनामा कमी आउन थालेको छ तर जानकारहरूका अनुसार बढ्दो जनसंख्यासँगै बढ्दो बिजुलीको मागका कारण बिजुली कटौतीको समस्या दोहोरिन सक्छ ।


Views: 158