24th February | 2020 | Monday | 8:24:37 AM

खानीमा विष्फोट हुँदा १४ को मृत्यु

रासस/एएफपी   POSTED ON : पुष २, २०७६ (९:५५ AM)

खानीमा विष्फोट हुँदा १४ को मृत्यु

बेइजिङ । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलबार भएको विष्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विष्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुईजना अझै खानी भित्रै च्यापिएको अधिकारीले जनाएका छन् ।

बिहानको समयमा भएको सो विष्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीको जनाएका छन् । घटनास्थलबाट अरू सातजनालाई भने जीवितै उद्धार गरिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको र १३ जना खानीभित्रै च्यापिएको भोलिपल्ट यो घटना भएको हो । 

बाढी आएका बेला सो खानीमा ३४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विष्फोटनका घटना निरन्तर हँुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विष्फोटनका घटना हुने र मानिसहरूको मृत्यु हुनेगरेकोे छ । गत महिना सान्छीमा रहेको खानीमा भएको विष्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो । 


Views: 73