24th February | 2020 | Monday | 8:21:03 AM

भारत–इरान द्विपक्षीय वार्ता

रासस/सिन्हृवा   POSTED ON : पुष ८, २०७६ (१०:०७ AM)

भारत–इरान द्विपक्षीय वार्ता

तेहरान । भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्विपक्षीय वार्ता भएको छ । उनीहरूबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरूले जनाएका छन् ।  

भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकर हाल इरानको भ्रमणमा गएका छन् । उनले आइतबार अपराहृन राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताइएको छ । आइतबार उनीहरूबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढीकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताएका छन् ।  

इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउण्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढीकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरू खोज्ने विषयमा छलफल भएको थियो ।  

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ । उक्त बन्दरगाह अफगानिस्तानमा द्वन्द्वको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महŒवपूर्ण मार्गका रूपमा लिइन्छ । उक्त बन्दरगाहको भारत, इरान र अफगानिस्तानले संयुक्तरूपमा विकास गरेका यसअघिका समाचारहरूमा जनाइएको छ ।  

यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्काे एक समाचारमा जनाइएको छ । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।  

अमेरिका र इरानबीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै जापानी प्रधानमन्त्री सिञ्जो आबेले इरानको भ्रमण गरेका र त्यसपछि हालैमात्र इरानी राष्ट्रपतिको यो भ्रमण भएको ती सञ्चारले जनाएका हुन् । 

इरानी राष्ट्रपतिको यो भ्रमण हालै कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने क्रममा भएको अनुमान गरिएको छ । दुई वर्षयता दुईपटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्तामा उत्तर कोरियाको निःशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमतिबमोजिम काम हुन नसकेको अमेरिकाको भनाइ छ ।  

उता आइतबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिञ्जो आबेबीच फोनवार्ता भएको थियो । उनीहरूबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।


Views: 96