17th February | 2020 | Monday | 7:01:09 AM

हृयारी दम्पतीको शाही उपाधि औपचारिक

रासस/एएफपी   POSTED ON : माघ ६, २०७६ (११:०३ AM)

हृयारी दम्पतीको शाही उपाधि औपचारिक

लण्डन । बेलायती राजकुमार हृयारी र उनी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । 

हृयारी दम्पतीले केही दिनअगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासलाई आधार मानेर उनीहरूको घोषणालाई स्ीवकृति दिने निर्णय गरेको हो ।

शाही दरबारको यो निर्णयसँगै उनीहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर उनीहरूलाई आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । 

बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती हृयारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई हृयारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ । ‘महिनौंदेखिको कुराकानी, पछिल्ला धेरै छलफलपछि रचनात्मक र सहयोगात्मक काम गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु’, ९३ वर्षीय महारानीले वक्तव्यमा लेखेकी छन् । 

उनले भनेकी छन्, ‘हृयारी, मेगन र उनीहरूका छोरा आर्ची सधैं हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुप¥यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।’ दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायत घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । 

दरबारको यो निर्णयसँगै उनीहरू अब राजपरिवारका औपचारिक सदस्य नरहने भएको वक्तव्यमा जनाइएको छ । हृयारी दम्पतीले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्बन्धपछि उनीहरूले २०१८ मा विवाह गरेका थिए । 

राजकुमार चाल्र्सका कान्छा छोरा हृयारी ३५ वर्षका भए भने उनकी श्रीमती मेघन ३८ वर्षकी भइन् । राजकुमार हृयारी बेलायती राजपरिवारको छैटौं उत्तराधिकारी थिए । 


Views: 37