8th April | 2020 | Wednesday | 11:34:38 AM

भारत २१ दिनको लकडाउनमा

  POSTED ON : चैत्र ११, २०७६ (९:२० PM)

भारत २१ दिनको लकडाउनमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुरै देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । 

आज साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मंगलवार मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।

भारतमा कोरोना संक्रमणका कारण हाल सम्म १० जनाले ज्यान गुमाएका छन् ।

नेपाल सरकारले पनि यस अघि आज बिहान ६ बजेबाट सातदिनको लकडाउनको घोषणा  गरिसकेको छ । नेपालमा पुरानो र नयाँ गरि दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जस मध्य एक जना निको भएर घर फर्किसकेका छन भने चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिटहुँदै आएकी एक युवतीको भने अस्पतालमा उपचार भइरहेको छ ।

Views: 80