29th May | 2020 | Friday | 2:54:46 PM

डाक्टरहरु नै सेल्फ क्वारेन्टाइनमा जान खोज्दै, बिरामीको के होला हालत ?

एजेन्सी   POSTED ON : चैत्र १४, २०७६ (९:३० AM)

डाक्टरहरु नै सेल्फ क्वारेन्टाइनमा जान खोज्दै, बिरामीको के होला हालत ?

पटना । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । सोही क्रममा सबै राज्य सरकारलाई केन्द्र सरकारले कम्तीमा एक–एकवटा कोरोना विशेष अस्पताल बनाउन निर्देशन दिएको छ ।

केन्द्र सरकारको निर्देशनअनुसार बिहार राज्य सरकारले पटनास्थित नेशनल मेडिकल कलेज हस्पिटल (एनएमसीएच) लाई कोरोना विशेष अस्पतालमा रुपान्तर गरेको छ । तर त्यहाँ कार्यरत चिकित्सकहरु बिरामीको उपचारमा लाग्नुभन्दा आफैँ क्वारेन्टाइनमा जान पाउनुपर्ने माग गर्न थालेका छन् । ८३ जुनियर डाक्टरले अस्पताल व्यवस्थापनका साथै प्रधानमन्त्री कार्यालय, बिहार स्वास्थ्य विभाग र मुख्यमन्त्री कार्यालयमा पत्र लेख्दै अस्पतालमा पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) र एन–९५ मास्कसमेत उपलब्ध नभएको अवस्थामा कोरोना विशेष अस्पतालका रुपमा काम गर्न नसकिने प्रंष्ट पारेका छन् ।

उनीहरुले पत्रमा आफूसमेत संक्रमित हुन सक्ने खतरा औँल्याएका छन् । सोहीअनुरुप उनीहरुले सेल्फ क्वारेन्टाइनमा जान पाउनका लागि माग गरेका हुन् ।

हाल एनएमसीएचमा कोरोनाका दुई संक्रमित बिरामी छन् । कोरोना विशेष अस्पतालका रुपमा घोषणा गरेसँगै यहाँ अब संक्रमणका आशंकामा कयौँ बिरामी आउने निश्चित छ ।

चिकित्सकहरु सेल्फ क्वारेन्टाइनमा जान माग गरिरहेको अवस्थामा यहाँ आउने बिरामीको अवस्था र उनीहरुको उपचार के होला भन्ने आशंका स्वाभाविक रुपमा उब्जिएको छ ।


Views: 144