Date:2017/10/17 |Tuesday

कविता शीर्षक : मत

Posted on: April 02, 2017 | views: 344 | –सुभाष ढुङ्गेल

देखिंदैन यहाँ कुनै दल गरोस् जसले जनताको 

खिदमत !!

देखिन्छन् एकमत फगत घ्याम्पे भुँडी भर्न मात्र

सर्वसम्मत !!

लिंदैछन् संधै यी कथित नेताहरु देश र जनताको 

हूर्मत !!

तिर्दैछन् निरीह जनता व्यवस्थाको नाममा यहाँ दरै 

किमत !!

छँदैछैन दुइमत,मिलेर सबै देशलाई गर्नुपर्दछ चाँडो 

मर्मत !!

भन्दैनन् कोहिपनि,तिमी जनता यहाँ जन्मनु नै हो 

बदकिस्मत !!

मान्दैनन् तर कोही कदापि यो देशमा पनि छ भनेर

हुकुमत !!

जान्दैनन् गर्न कदर,जसलाई भन्ने गर्छन्  जनताको,

जनमत !!

पाउँदैनन् अब सायद कहिल्यै कुनै पनि एक दलले 

बहुमत !!

हुँदैनन् त्यसैले  निर्णयमा सहमत,भएर पनि आफू 

अल्पमत !!

भेटिदैछन् व्यस्त सबै,लाउँन भनी एकले अर्कालाई ,

तोहमत !!

भेटिदैनन् तर यहाँ कोहि पनि सम्मान गर्दै अर्काको,

अभिमत !!

जन्मिदैछ्न् नयाँ कलेवरमा मानिस मानिस बीचमा,

असहमत !!

चाहँदैनन् किन यी जिवातहरु गएर किन्न थोर बहुत,

सोमत !!

भन्दैछन् जनता,छ अझै हामीसँग मतबाटै उपचार गर्ने,

हिम्मत !!

–काठमाण्डौं


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं