Date:2017/10/17 |Tuesday

कविता: आमा र सम्झना

Posted on: April 04, 2017 | views: 361 | सीता आस्था

                                       

काखमा बच्चा भएर खेल्दाको त्यो क्षण

आमा भएर बाँच्दा थाहा भो

आमा भन्नु र आमा बन्नुको कथा,

तिमीले जिएको जिन्दगी जस्तै

जीवन्त उभिएकी छु

तिम्रो सम्मानमा,स्वभिमानमा र सम्झनामा

आज ।

आँखामा संसार छ, आमा

हेर्न तिमीले सिकायौ

आधा थिए पूर्ण भए

पूर्ण थिए आधा भए

पूर्ण आधा वा आधा पुर्णको बन्धन

यो धर्तीमा 

आमा !

परिचय तिम्रो बन्यो कि मेरो बन्यो ?

सोधौ कसलाई ? आमा, 

माया

तिम्रो बढ्यो कि मेरो ?

आफैं संग प्रश्न गरिरहेछु

अहिले यहाँ आमा भएर

आमा सम्झिरहेछु ।

यस धर्तीमा जन्मायौ

संसार देखायौ

परिचय तिम्रो बन्यो कि मेरो ?

माया तिम्रो बढ्यो कि मेरो

‘आमा’ लेखिएका शब्दहरुमा

आमा तिमीलाई सम्झि रहेछु ।

बाल्यकालका मेरा भोटोहरुमा

तिम्रो आलो दुधको सुगन्ध खोजी रहेछु ।।

 -:सीता आस्था, विर्तामोड, झापा ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं