Date:2017/08/18 |Friday

कविता–शुभ कामना

Posted on: April 13, 2017 | views: 495 | –पार्वती निरौला

कविता–शुभ कामना


नयाँ  साल नयाँ बनोस् हरेक प्रहरमा तिम्रो 

शान्ति  सुख फूलाएर हरेक रहरमा तिम्रो ।


पुर्णिमाको जुन जस्तै  शितल बनोस् जिन्दगानी 

कान्ति  फैलियोस सधैभरि हरेक शहरमा तिम्रो ।


यहि शुभ कामना छ मेरो तिमीलाई नयाँ वर्षको 

सुन्न पाउ प्रगति छ हरेक खबरमा तिम्रो ।


तिमी हिडेको बाटो पनि प्यारो लागे पछि 

एकै नजर हेरु भन्ने रहर जागेपछि ।


पर्खि बसे तिमी आउने निधो बेखवर नै 

सम्झनाले निष्ठुरीको ,सिमा नागे पछि ।


आज भोलि सुन्ने लाग्छ भिडभाड शहर पनि 

हराए झै लाग्छ किन मन भित्र को रहर पनि ।


तिमी कता कता टाढा छेकिदिन्छ क्षितिजले

रुँदारुँदै बितेछन् हरेक रातका प्रहर पनि ।


नयाँ  साल नयाँ बनोस् हरेक प्रहरमा तिम्रो 

कान्ति  फैलियोस सधैभरि हरेक शहरमा तिम्रो ।

–पार्वती निरौला काठमाण्डौं ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं