22nd July | 2018 | Sunday | 3:09:44 AM

गजल

संजिता बाँस्कोटा   POSTED ON : Saturday, 15 April, 2017 (7:24:41 PM)

गजल

अमृत देखाउँदै बिष पिलाएर गयौ,  

अतृप्त चाहनाका थैली सिलाएर गयौ ।


मान्छे साँच्चै महत्वकांक्षि हुँदो रहेछ ,

यहि कुराको यकिन दिलाएर गयौ ।


कहिल्यै चाहिन अरुको कुभलो मैले ,

बद्लामा नमिठो चोट खिलाएर गयौ ।


जीवन जीउँने तरिका सबैको आफ्नै हुन्छ,

सायद आफ्नो तौर–तरिका मिलाएर गयौ ।


सोंच्छु हाम्रो मायाँ पानीको फोका झैँ रहेछ ,

पर्नै नपाइ बलेसीमा बिलाएर गयौ ।

         –संजिता बाँस्कोटा, काठमाण्डौं ।