Date:2017/08/18 |Friday

कविता –मेरी आमा

Posted on: April 26, 2017 | views: 158 | सुभाष ढुङ्गेल


तिमी थियौ र त,

पाएँ यो संसार मैले,

मेरी आमा !!


तिमी थियौ र त

मेरि आमा,

नाङ्गो मैले,लाउनपाएँ,

पाइजामा !!


तिमी थियौ र त

मेरी आमा,

तिम्रा दाजु भाइलाई,

भन्न पाएँ,

मैले मामा !!


तिमी छौ र त

मेरी आमा,

खान पाछु मैले 

कहिले गुन्द्रुक,

कहिले तामा !!


तिमी छौ र त

मेरि आमा,

लाउन पाछु 

मलहम मैले 

मेरो घाउमा !!


तिमी छौ र त

मेरी आमा,

उठ्याछैन ठेला,

मेरो हत्केलामा !


तिमी छौ र त

मेरी आमा 

बिझ्या छैन काँढा,

मेरो पैतालामा !!


तिमी छौ र त,

मेरी आमा,

गाउँन पाछु मैले 

आफ्नै भाखामा !!


तिमी छौ र त

मेरी आमा 

छैन आँसु 

मेरो आँखामा !!


बस्न पाछु मैले,

तिम्रो काखमा 

तिमी धन्य छौ,

मेरी आमा !!!


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं