Date:2017/12/15 |Friday

लघुकथा-धर्मनिरपेक्षता

Posted on: May 04, 2017 | views: 248 | जनक राज आचार्य

मानिसको जीवन संस्कारसंग यसरी बाँधिन्छ, जहाँ प्राण पखेरू उडेपछि उसैको लाशमा स्वयंमको संस्कारिक हक लाग्दैन । त्यो हक संस्कारिक रूपमा उसका छोराहरूमा जान्छ । छोराहरू इवासमा प्रतितपात्रहरू हुन्छन् । छोरीहरूका हकमा भने समाज, संस्कृति यसरी खम्वा बनेर खडा हुन्छन्, जसलाई ढाल्न सकिने अवस्था तत्काल देखिदैन । लाश परेको आज दुई दिन भइसक्यो । चलन अनुसार केहि घण्टा वा वाटोको समय भन्दा ढिलो गरेर लाश राख्न नमिल्ने हो, चाँडो भन्दा चाँडो घाट पु¥याएर सदगदी गरिनु पर्ने । तर त्यसो हुन सकेको थिएन ।


 यो लाश मलामी नभएर घाट नपुगेको होइन । त्यसका लागि त छोराहरू नै छन् । सारा गाऊँले मलामी बन्न तयार छन् । लाश सदगदी गर्ने घाट नभएर पनि होइन । यहाँ विवाद लाश कसको घाटमा सदगदी गर्ने भन्ने विषयमा भएको छ ।  यो त साथै लाजमर्दो र विरत्ति चाला भयो, विवादको पनि मर्म हुनु पर्छ, यस्तो वेतुकको संस्कृति बनाउन खोज्ने तिनिहरूका पछाडि हामी लाग्नु उचित छैन । केहि मलामी कराए । यो त अति भयो, लाशको समयमै सद्गदी हुन पाउने अधिकार हामीले बचाउनु पर्छ । कसैले रोषपूर्ण अधिकार जनायो । चर्को आवाजमा कराए, मलामी बन्ने आएकाहरू । तर त्यो आवाजले तिनि छोराहरूलाई अटेस–मटेस पारेन, उनीहरुले टेरपुछर ल्याएनन् । तिनिहरू मौन आ–आफ्नो ढिपीमा बसिरहे । यहि मौनतामा तिनिहरूले आ–आफ्ना धर्मका व्यापार फस्टाईरहेका थिए । मलामीहरू जति चिच्याए पनि लाश ति छोराहरूले मात्र उठाउन सक्थे । मलामीहरू घाटसम्मका सहयात्री मात्र हुन् । 

यसै बीच चार दिनको दिन विवाद टुङ्गोमा पुग्यो । लाशको सद्गदी हुने भयो । सहमती यसरी गरियो, लाशको सद्गदी गर्दा, लाश गाड्ने धर्म मान्ने छोराहरूले लाशलाई उनिहरूले बनाएको चिहानमा गाड्ने र सदगदी गर्ने । त्यसपछि गाडिएको चिहानबाट लाश निकाल्ने र तत्पश्चात, चितामा जलाएर सद्गदी गर्न चाहने छोराहरूले चिता बनाएर चितामा जलाएर लाशको सदगदी गर्ने । यसरी लाश माथि धर्म्निरपेक्षता कायम हुने भयो । एउटै लाशलाई थरि थरिका धर्मनुसार सदगद गरिने भयो । 




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं