23rd July | 2018 | Monday | 11:25:36 PM

एक्लो छुइन प्रिय.......

बिनु गौतम सुवेदी   POSTED ON : Wednesday, 26 July, 2017 (10:03:35 PM)

एक्लो छुइन प्रिय.......

हाँसेर हेर्छु मुहार तिम्रो

तस्बिरैबाट मुस्कुराइदिन्छौ ।

रसाइ दिँदा नयन मेरा 

किन हो तिमी ठुसाइदिन्छौ ।।


मारेका छैनौ तिमीले नि माया 

सपनीमा भेट्न आएकै छौ नि ।

गएका छैनौ मदेखि टाढा 

आशा मेरो बाँचेकै छौ नि ।।


तिमीलाई सम्झी रुदिन प्रिय 

साथमा मेरै छँदै त छौ नि ।

शारीरिक दूरी भएर के भो 

मनको राजा तिमी नै हौ नि ।।


निराश कहिल्यै हुँदिन प्रिय 

प्रेरणा तिमी आत्मामै छौ नि ।

एक्लो त म छैन नि प्रिय 

मुटुमा तिमी बसेकै छौ नि ।।


एक्लो त म छैन नि प्रिय 

मुटुमा तिमी बसेकै छौ नि ।।