Date:2017/10/17 |Tuesday

कविता - दार्जि्लिङकी बोजू

Posted on: August 11, 2017 | views: 156 | ज्योति किरण

नुन को ढाकर ले थिचेको डडाल्नुमा,

एक ढुकुटी ,पीडाको भकारी बाधेर ,

बल्ल बास बस्न आइपुगेको,

यो दार्जी्लिङ को चौतारामा,

कस्ले आगो झोसेर हिड्दै छ,

म खोज्दै छु ,

यो मेरो चौतारा को पुरानो रंग ।


म त जे सुकै भए पनि दार्जी्लिङमै मर्छु,

म मेरो यो गोर्खा भूमि रुघि बस्छु।

अनि बोजू!

खै त बाजे ?

लाखे न नाति मेरो कुरा सकेकै छैन।

यहि सिलौटामा बाजेले खोपेको गोर्खा को निसानी छ।

लोटा भरी भरिएको टिस्टाको पानीमा ,

मेरै आमाको आँसु पनि छ,

यी हेर त ! तेरो बाजेले यो लोटालाई थानमा राख्ने कलश बनाको छ।

यसरी 

यो दियो र कलशलाई 

फूलै फूल ले छपक्कै छोपेको छ।


किन छोपेको बोजू फूलले ?

लाटा ! गोर्खा को पीडा दुस्मन ले देख्नु हुदैन भनेर नि !

अनि बोजू ! बाजे खै त ?

खै नाति !

डोक्लाममा रण खुलेको छ भन्थ्यो,

गाको होला त्यतै,

तर अर्काको जमिन जोगाइ बस्ता ,

आफ्नै घर गुम्छ भने ,

यसपाली जङ नलड्नु भनेको छु!!

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं