Date:2017/11/23 |Thursday

ढुंगामा अग्ला भीमसेन

Posted on: August 26, 2017 | views: 126 | रमा लुइँटेल

अनकन्टार ठाउँ, खोलानजिकैको खोँच । न बाटो छ । वरिपरि जंगल । त्यस्तो ठाउँमा भेटिएको भीमकाय ढुंगा नै ती भीमसेन हुन् जसलाई सिपालु कालीगढले मूर्तिको आकार दिए । कीर्तिपुरको मच्छेगाउँस्थित खाँेचमा फेला परेको असी टनको ढुंगामा बलवान भीमसेनको रूप दिएर ढुंगालाई मूर्ति बनाउन सिपालु हस्ती हुन्, सुदर्शन थापा, सागर परियार, राजु लामा र शंकर परियार । 

झण्डै २० वर्षदेखि मूर्ति बनाउने पेशामा रहेका ललितपुर सुनाकोठीका सुदर्शन थापा आफ्नै टोलमा आफ्नो सीप देखाउन चाहन्थे । देशका विभिन्न ठाउँमा आफूले बनाएको मूर्तिको सबैले सम्मान गरेको देखेपछि यो क्षेत्रमा लाग्न प्रेरित भएका थिए । ‘मरेपछि पनि सबैले सम्झिने काम टोलमै केही गर्न पाए हुन्थ्यो भन्ने थियो, त्यसैले म निकै खुशी छु,’ सुदर्शनले संसारकै सम्भवतः अग्लो यो मूर्ति आफूसहितको समूहले बनाइसकेपछि व्यक्त गरेको खुशी हो यो । 

राम्रो कालिगढको प्रसिद्धि कमाएका उनको टोलभित्रकै साथीहरूबीच ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा भीमसेनको मूर्ति स्थापना गर्ने विषयमा छलफल भएको थियो । मूर्ति बनाउन धेरैतिर हात हालेका सुदर्शनले व्यस्तताका कारण केही समय भीमसेन मूर्तिको विषयमा दोहो¥याए छलफल गर्न भ्याएनन् । दुई वर्षअघिको एउटा जमघटमा सुनाकोठी समाजका प्रतिनिधिहरूले सुदर्शनसँग भीमसेन मूर्ति निर्माणको प्रस्ताव अघि सारे । ‘१२ फिट अग्लो भीमसेन बनाउने प्रस्तावले म निकै उत्साहित भएँ,’ उनले ती दिन सम्झिँदै भने । 

आफ्नै ठाउँमा सीप देखाउने अवसर खोजेर बसेका सुदर्शनलाई त के चाहियो र ¤ ढुंगा खोज्दा देवता मिलेझैं भयो । त्यसैले उनले ढुंगामा भीमसेन रूप उतार्ने प्रस्ताव आफ्ना नजिकका साथीलाई सुनाए । सुदर्शनको प्रस्ताव स्वीकार भयो । मूर्ति बनाउन त बनाउने तर त्यत्रो ठूलो ढुंगा कहाँ खोज्ने । ‘हाम्रो यही क्षेत्र भएकोले कहाँ कस्तो ढुंगा छ, हामीलाई जानकारी हुन्छ,’ उनले पेशाले समेटेको दायरालाई सविस्तार वर्णन गरे । 

 कालिगढहरू, भीमसेन र विनोद डंगोल 


८० बाट ४५ टनमा घटाउँदा 

ढिलो उज्यालो हुने, चाँडै रात पर्ने हिउँदका दिन । छ महिनासम्म लगातार यी चार कालीगढ मच्छेगाउँ–ललितपुर गरिराखे । त्यसको एउटै उद्देश्य थियो, ढुंगालाई टेलर (ठूलो ट्रक) ले बक्न सक्ने अवस्थामा ल्याउनु । ढुंगाको अवस्था बुझ्न जाँदाको दृश्य सागर परियारको मानसपटलमा अझै ताजै छ । भन्छन्, ‘बाटो थिएन, ठूलो झाँडी थियो, गाडी पु¥याउन सक्ने अवस्था थिएन ।’ 

आफ्ना साथीभाइलाई नभने पनि सागर त्यतिखेर आत्तिएका रहेछन् । मूर्ति बनाउने काम सकिएपछि त्यस्ता अप्ठ्यारा बिर्सिँर्दै गए पनि पहिलो दिनमा आत्तिएका उनले भीमसेनको यो मूर्ति तयार भइसकेपछि निकालेको निष्कर्ष एउटै रहेछ । मन्दिर अघिल्तिरको चौरमा पलेँटी मारेर बसेका उनले भने, ‘असम्भव केही रहेनछ ।’ 

स्थानीयवासीको सहयोगमा उनीहरूले जंगलको झाडीमा बाटो खोले । बाटो खुलेपछि यो काम बन्छ भन्ने लागेको रहेछ अर्को कालिगढ राजु लामालाई । बाटो बनेपछि उनीहरू धेरै आशावादी भए । बिहानै हिँडेको चारजनाको यो समूह कहिले राति अबेर घर आइपुग्थ्यो तर कहिले त हप्तैभरि ढुंगा भएको ठाउँमा पुग्थ्यो । ८० टनको त्यो ढुंगालाई उनीहरूले ४५ टनमा झार्नु थियो । टेलरले ४५ टनसम्म मात्रै बोक्न सक्ने थाहा पाएपछि ढुंगाको तौल मच्छेगाउँमा नै घटाउनुपरेको थियो । निकै सावधानी अपनाउनु पथ्र्यो । ढुंगामा तस्वीर उतार्नु सजिलो काम त कहाँ हो र ¤ यो ढुंगामा काम गर्नु थप चुनौती छ । राजु भन्छन्, ‘यत्रो ठूलो ढुंगा सितिमिति कहाँ पाइन्छ र ¤ यसलाई जोगाउँदै काम गर्नु थियो,’ उनले अग्लो मूर्तिका लागि आवश्यक ढुंगा सहजै पाउन कठिन हुने बताए । सावधानी अपनाउँदै मेसिन प्रयोग गरेर मोटो ढुंगालाई पातलो र छरितो बनाएका रहेछन् उनीहरूले । लामो र कडा मिहिनेतपछि छरितो बनेको ढुंगो टेलरमा राखेर खुमलटार ल्याएपछि त्यसमा भीमसेनको रूप उतार्न थालेको अर्का कालिगढ शंकर परियारले बताए । 

चोटपटक त सामान्य 

काम गर्दा चोटपटक लाग्नु ठूलो कुरै होइन । आफ्नो कामलाई जोखिमको काम भन्छन् सुदर्शन, ‘ठूलो चोटपटक लागेन, त्यो नै सबैभन्दा राम्रो भयो,’ सामान्य चोटपटकको बयान गरी साध्य हुँदैन । ढुंगा चोइटिएर आँखामा लाग्न सक्छ, ढुंगा फुटाउँदा टाउकोमा बज्रन सक्छ । हात गोडामा घाउ लाग्नसक्छ । यस्ता खतरा र सम्भावनाहरूप्रति उनीहरू सजग छन् । चौध वर्षदेखि अनेक ढुंगामा भगवानका स्वरूप उतार्दै आएका राजुुले ढुंगो खुमलटार ल्याएपछि काम गर्न धेरै सजिलो भएको अनुभव गरे । इमाडोल बस्ने उनलाई खुमलटार आउजाउ गर्नु असहज थिएन । 

ढुंगामा भन्दा पहिला फ्लेक्समा 

के को, कसको मूर्ति भन्नेबित्तिकै सुदर्शनको मस्तिष्कमा त्यसको रूप बनिसक्छ । तैपनि त्यसमा त्रुटि नहोस् भनेर उनी सम्बन्धित व्यक्तिसँग फोटो माग्छन् । सुदर्शनको समूहले जिम्मा लिएकोे भीमसेनको रूप ठूलो भएकाले फोटो हेर्दै ढुंगामा स्केच गर्नु सजिलो थिएन । त्यसैले फ्लेक्समा तयार गर्नु परेको सुदर्शनले बताए । फ्लेक्समा उतारिएको भीमसेन रूप ढुंगामा टाँसेर त्यसैअनुसार मूर्ति खोपिएको थियो । 


असाध्यै खुशी 

आफ्नो सीप पोखिएको मूर्तिआफ्नै ठाउँमा स्थापना भएपछि सुदर्शन कम्ती खुशी छैनन् । त्योभन्दा धेरै खुशी त उनलाई आफ्नो काललाई अरूले सम्मानसहित दर्शन गरेको देख्दा लाग्छ । ‘मान्छेले आफूले दिएको रूपलाई भगवान मानेर पुजेको देख्दा निकै खुशी लाग्छ,’ चारै कालीगढले एकै स्वरमा भने । ढुंगामा भगवानको रूप आफ्नो सीपले जतिजति थपिँदै जान्छ त्यति नै मन आनन्दित हुने अनुभव हुन्छ । यो कामले मन र दिमागलाई एकाग्र बनाउन निकै मद्दत गर्ने बताउँछन् सागर । भन्छन्, ‘हाम्री एकचित्त भएर लाग्छौँ, हाम्रो मिहिनेत निरन्तर र धैर्यपूर्ण हुन्छ ।’ 

सुनाकोठी समाजको सक्रियतामा निर्माण भएको यो मूर्तिले सुनाकोठीलाई देशभित्र मात्रै होइन, विदेशमा समेत चिनाउन मद्दत गर्ने उनी बताउँछन् । भीमसेनलाई निष्ठा शक्तिका प्रतीक मानिन्छ । व्यापारिक शुभलाभका आराध्यदेव भीमसेन हुन् । 

धेरै मूर्ति बनाएको अनुभव 

भीमसेनको मूर्ति बनाउन कालिगढको यो समूहले आठ महिनाभित्र मूर्ति तयार बनाउने योजना बनाएको थियो । तोकेको समयभन्दा झण्डै १६ महिनापछि मूर्ति तयार भएको थियो । ‘काम गर्दै जाँदा कहिलेकाहिँ अलि समय लाग्छ, यो ठूलो मूर्ति भएकाले अलि समय लागेको हो,’ सागरले भने । यो मूर्तिले आफ्नो परिचय थप फराकिलो बनाएकोमा खुशी छन् उनी । सम्भवतः संसारकै अग्लो भीमसेन बनाएको भन्दा आफ्नो परिचय चुलिएको अनुभव गरेका छन् उनले ।

अहिले यो समूहले ललितपुरको सन्तानेश्वर मन्दिरका लागि स्वस्थानी माताको मूर्ति बनाउँदैछ । 

सुदर्शनले बनाएका मूर्तिहरू कुनै बागलुङ पुगेका छन् त कुनै पाल्पा त कुनै लुम्बिनी । धेरै ठाउँमा आफूले बनाएको मूर्ति स्थापना भएकोमा थप खुशी छन् सुदर्शन । सागर र राजुले ढुंगामा देखाएको आफ्नो सीप मुलुकका धेरै ठाउँमा पुगिसकेको छ । शंकरले पनि आफ्नो सीप विभिन्न ठाउँका मन्दिरमा सजाइसकेका छन् । 

नामसँगसँगै दाम पनि 

यो पेशाले उनीहरूलाई नाम मात्रै दिएको छैन, दाम पनि दिएको छ । आफ्नो कमाइमा असन्तुष्ट देखिने युवापुस्ताको भीड बढिराखेका बेला सागरले आफ्नो कमाइमा खुलेरै खुशी प्रकट गरे, ‘विदेश जानु पर्दैन, मिहिनेत गरे आफ्नै देशमा इज्जतका साथ बस्न सकिन्छ ।’ 

राजुले पनि यस्तै अनुभव सँगालेका छन् । अनुभव भएको काममा मिहिनेत गरे थोरै पैसाका लागि अर्काको देशमा पसिना बगाउनु नपर्ने निक्र्योलमा पुगेका छन् उनी । सुदर्शन र शंकर पनि आफ्नो कमाइसँग सन्तुष्ट छन् । समूहमा पाका उमेरका देखिने सुदर्शनले समेत त्यस्तै अनुभव सँगालेका छन् जुन सागर राज र शंकरले सँगालेका छन् । 


सुनाकोठीको गौरव 

विनोद डंगोल 

अध्यक्ष, सुनाकोठी समाज 

सुनाकोठी समाजमा आबद्ध हामी युवाहरू केही नयाँ काम गर्न चाहन्थ्यौं । के काम गर्ने सन्दर्भमा पटकपटक भएको छलफलपछि हामीले अग्लो भीमसेनको मूर्ति बनाउने निर्णय ग¥यौँ । यो मूर्ति स्थापनाले सुनाकोठीको मात्रै नभएर ललितपुरकै धार्मिक, पर्यटकीय र सांस्कृतिक गरिमा बढाउन मद्दत गर्छ भन्ने हामी दाबी गर्छौ । भीमसेन व्यापारीहरूका आराध्यदेव हुन् । व्यापारले मानिसलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउँछ । यो ठाउँमा भीमसेनको मूर्ति नभएकाले हामीले भीमसेन मूर्ति स्थापना गर्ने निर्णय गरेका हौं । 

भीमसेनको मूर्तिले सुनाकोठीको परिचय थपिएको मैले महसुस गरेको छु । यसको महŒव आफ्नो ठाउँमा छ । यसले सुनाकोठीको गौरव बढाएको छ । यो कामका लागि खटिनुभएका हाम्रा कालिगढहरूको अथक मिहिनेत र परिश्रमको प्रशंसा गर्छु । उहाँहरूले हाम्रो प्रयास र चाहना पूरा गर्न निरन्तर खटिनुभयो । 

सुरक्षाका लागि गर्नुपर्ने थप काम केही छन् । वरिपरि वार लगाउने र छत्री हाल्ने काम बाँकी छ । यो हामी छिट्टै सुरु गर्छौं । ललितपुर महानगरपालिकाको वडा नं २६ २७ मा अवस्थित सुनाकोठीको बालकुमारी मन्दिरको मूल ढोकामा रहेको यो मूर्तिनिर्माणका लागि करिब १ करोड रुपैयाँ खर्च भएको छ । यो रकम भक्तजनहरूबाटै संकलन गरिएको हो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं