19th February | 2018 | Monday | 5:35:10 PM

मुक्तक : तिम्रो मन

संजिता बाँस्कोटा   POSTED ON : Monday, 28 August, 2017 (6:55:38 PM)

मुक्तक : तिम्रो मन

तिम्रो मनको गहिराई त्यो छुन सकौं ।

सँगसँगै हाँस्न अनि रुन सकौं ।।

जिन्दगी त त्यसै पनि स्वर्ग हुने थियो ।

पुजारी म तिम्रो सधैं हुन सकौं ।।


तिमी हाँसे आकाश हाँस्छ ।

तिमी रोए धर्ति फाट्छ ।।

अघि बढ्नु जीवनमा ।

तिम्रो पछि संसार लाग्छ ।।


मन बदलिएछ उनको सफर बदलिएछ  ।

मलाई हेर्ने उनको आज नजर बदलिएछ ।।

ख्याल् ठट्टामै मेरा केही गल्ती भए पक्कै  ।

सँगै जिउने सँगै मर्ने रहर बदलिएछ ।।


दुखेको त्यो मन सँग यो मन घुलेर हेर्नुस् ।

अतितका तिता नमीठा सबै भुलेर हेर्नुस् ।।

सायद हाम्रो नाता सौहाद्धपुर्ण बन्न सक्छ ।

एक चोटी प्रेमिल नजरले खुलेर हेर्नुस् ।।