Date:2017/10/20 |Friday

छोएपछि जसरी ढल्छे लज्जावती

Posted on: September 16, 2017 | views: 56 | लक्ष्मण सिटौला

  छोएपछि जसरी ढल्छे लज्जावती

सँुघेपछी जसरी बिटोलिन्छ फूलको कौमार्य

तिमी त्यही हौ 

तिमीलाई अरूले राम्रो भन्दिनु पर्छ र ?

आज पनि सीता जीवित छिन्

आज पनि भृकुटी अमर छिन्

आज पनि  पेमला नारायणगोपालको गीत सुन्दैछिन्

आज पनि यशोधरा बुद्ध आगमनकै प्रतीक्षामा छिन्

जाबो एक वर्षलाई सापट मिलेको अस्थायी ताज के काम ?

यो एक्काइसौँ शताब्दीमा अनुहारको व्यापार 

खुब फस्टाएको छ

सुरा सुन्दरी र सुन बढी बिक्छ रे ¤

नारीले नारीको महŒव नबुझेको यो देशमा 

बढी बदनामीको चिज हो नारी

कसैको चाहनामा ऊ नाङ्गिदिन्छे किन ?

एक लिटर पेट्रोलका लागि

६ घन्टा लाइन बस्ने भाग्य लिएकीलाई

खै ¤ तिमीलाई के सुन्दरी भनूँ ?

अझै पनि तराईका हिनादेवीलाई बोक्सी भनेर

मलमुत्र खुवाउने युगकी तिमी

खै ¤ म कसरी भनूँ तिमीलाई नेपाल सुन्दरी ¤

बारपाक जाउ गएर हेर भुइँचालोले

निलेका सपनाहरूलाई सोध त ¤ 

‘सुन्दरी र शौचालय मध्य के रोज्ने’ भनेर

तिनले निर्धक्क भन्नेछन् ‘शौचालय’ ¤

आङ खसेकी हुम्लाकी फूलकुमारीलाई

सँगै राखेर सौन्दर्य प्रतियोगिता गर्न सक्छन रे तिनले ?

सोध कुबेर कुमारहरूलाई ¤

लाखौँ लत्रेका अभागी अनुहारहरूलाई छलेर

लाखाँै झुकेका शिरहरूलाई कुल्चेर

जीवन जल खान नपाएर 

अनि सुत्केरी ब्यथाले मरेका सयौँ 

सुदुर नारीका आवाजहरूको पुलिन्दा

एक्लै पाहाडमा रोइरहेको बेला

खै ¤ कसरी भनूँ म तिमीलाई नेपाल सुन्दरी ¤

मुलुकले आफैँ त लाज ढाक्न नसकेको बेला

खै ¤ म तिमीलाई कस्तो सुन्दरी भनूँ ?

हिजोमात्रै हो पोखरामा नेहा पुन

बलात्कृत भएकी र मारिएकी, र

तिनै पुरुष छन् त्यो भिडमा ताली बजाउने

र तिम्रो जाङ देखेर वा वा क्या राम्री भन्ने

तिनैले राम्री भन्यो तिमीलाई र आज तिमी

मिस नेपाल भयौ ¤

यो अवसादमा म तिमीलाई कसरी सुन्दरी भनूँ 

अरूको बुइ चढेर सगरमाथा हेर्नेको भिडमा

तिमी पनि एक थपियौ ।

जूनले म राम्रो छु भन्नुपर्छ र ?

सूर्यले म तातो छु भन्नुपर्छ र ?

शीतले म शीतल छु भन्नुपर्ला र ?

विज्ञापन त अजिनोमोटो हालेको चाउचाउको पो हुन्छ

फूलले म सुन्दर छु भन्नु परेको दिन 

आकाशले म नीलो छु भनेको दिन

यहाँ कुन चिज चोखो रहला र ?

तिमीले पहिरेको त्यो ताजमा

कुपुरुषहरूको यौवनको हरक आएको होला 

फाल त्यो सुहाएन  

तिम्रो कौमार्य आफैँ शान्त शितल

तिम्रो जूनेली अस्मिता आफैँमा होनाहार

तिमी हिमकिरण हौ जो सदैव चम्किरहेको छ

छोएमा पग्लिन्छ बरु र जसै फूल झार्छन् 

नीलकमलको पोखरीमा डुक्रने छाडा साँढेहरूले ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं