18th February | 2019 | Monday | 4:53:58 PM

कविता–बडादशैं तिमीलाई स्वागत छ

पार्वती निरौला   POSTED ON : Friday, 29 September, 2017 (9:13:19 AM)

कविता–बडादशैं तिमीलाई स्वागत छ

तिमीलाई स्वागत छ बडादशैं घरआगनमा खुशी लिएर आउनु ,

फाटिएका मन मुटुलाई एकफेरा सिलाएर आउनु ,

आडम्बरी घुम्टो फालेर तिमी संस्कृति जोगाएर आउनु ,

तिमीलाई स्वागत छ बडादशैं तिमी नेपालीको खुशी लिएर आउनु ।


परदेशीएका परदेशीको गोरेटो खनेर आउनुु

मान्यजन , आफन्त, इष्टमित्रको सेतु बनेर आउनु

आडम्बरी घुम्टो फालेर तिमी संस्कृति जोगाएर आउनु

तिमीलाई स्वागत छ बडादशैं तिमी नेपालीको खुशी लिएर आउनु ।


जात पात र क्षेत्रियताले फाटेको मन सिएर आउनु

सुख, शान्ति, समृद्धिको कामना लिएर आउनु

आडम्बरी घुम्टो फालेर तिमी संस्कृति जोगाएर आउनु

तिमीलाई स्वागत छ बडादशैं तिमी नेपालीको खुशी लिएर आउनु ।





Views: 199

सम्बन्धित सामग्री:

ए ! प्रणय दिवश

मुना दाहाल : Thursday, 14 February, 2019 (5:52:10 PM)

गजल...

राजेन्द्र ढुंगेल : Tuesday, 05 February, 2019 (8:45:35 PM)