19th August | 2019 | Monday | 9:31:51 PM

कविता– रात

सीता आस्था ढुंगेल   POSTED ON : आश्विन २४, २०७४ (२:५५ AM)

कविता– रात

म चुपचाप
म शान्त
मेरै जीवनको
रंग भरिराखेको मान्छे
न तिमी संग
कुनै सम्वन्ध छ
न कुनै सम्झौता छ

बेखबर
बेहिसाब
लगामको घोडा फुकाउँन आइपुग्यौ
यो सुनसान बस्तिमा
आशा बिरुद्धको
खेल खेल्दै
निन्द्राको बिध्वंश गरेर,
मन निमोठेर
मस्तिस्कमा आघात पुर्याउछौं
ठेस लाग्छ
अनि दुख्छ,
चर्चराएको घाऊ
रगतपच्छे पारेर भाग्छौ ।


उज्यालो आकाश संग
यदि
सम्झौता छ भने
हे रात ! किन तिमी
मेरो यो घरको
अनिँदो आकाश भएर आउँछौ ?


–झापा


Views: 330

सम्बन्धित सामग्री:

हिम्मतवाली हर्मिता

रमा लुइँटेल : श्रावण २५, २०७६ (९:०१ AM)

हराएको आत्माविश्वास

–चेतना : श्रावण १५, २०७६ (१:५० PM)