3rd June | 2020 | Wednesday | 9:56:20 AM

तिहारमा बहिनीले बनाएको अनरसा

रुद्र नेपाल   POSTED ON : कार्तिक ४, २०७४ (८:०६ AM)

तिहारमा बहिनीले बनाएको अनरसा

‘ह्या  ! कस्तो नमिठो बनाइछे अनरसा, यस्तो नि हुन्छ अनरसा ?’ केही बर्ष पहिले म मुख बिगार्दै भन्थे र बहिनीले बनाएको भन्ने थाहा हुदाहुदै फेरी नजानिदोँ गरेर प्रश्न गर्थे, “कस्ले बनाको यो ?“बहिनी रिसले मलाई घुेरेर हेरिरकी हुन्थी र मेरो कुरा सुनेर भुतभुताउन थाल्थि , ‘मरि मरि गरेर पकाईराछु,नमिठो भो रे !’ उ एकछिन रोकिएर फेरी थप्थी , ‘पछि तेरै स्वास्नीले मिठो बनाएर खुवाउँछे होलि नि ।’


 आज भाइटीकाको दिन पनि किन झगडा गर्छन यिनीहरु अनि दादालाई के भनेकी तैले चाहीँ ? दादासंग त्यही हो बोल्ने तरिका ?’ आमाले झन गाली उसलाई नै थप्नुहुन्थ्यो अनि म पनि “तेईत “ भन्दै हास्दै सहि लाउथे आमाको कुरामा । बहिनी अध्यारो हुन्थी र सुक्क सुक्क गरेर रुदै भन्थी, “लाईदिन्न म यस्तोलाई टीकासिका !“  एकछिन जिस्क्याकै भरमा उ रोईदिन्थी, मलाई पनि नरमाइलो लाग्थ्यो अनि भन्न मन लाग्थ्यो,“मलाई तिम्ले बनाएको अनरसा मन नपरेको कहाँ हो र, तर त्यो भन्दा मिठो मलाई तिमीलाई जिस्क्याउनमा लाग्छ, तिमी रोएपछी फकाउनमा लाग्छ “ तर म उसको छेउमा जान्थे र त्यसो भन्नुको साट्टा “नलाईदेन त रुन्ची!“ भन्दै उसको कपाल तानेर भाग्थे, बहिनी मलाई बादर भन्दै लखेट्दै पछि आउथी, म पनि उसले भेट्नै गरि बिस्तारै भागेजस्तो गर्दिन्थे, उसले मलाई भेटेर रिस मर्नै गरी कपाल भुत्ल्याईदिन्थी । आमाले हामी दुवैलाई सम्बोधन गर्दै भन्नुहुन्थ्यो,“झगडा न गर त तिमीहरु अब,तयार भएर आओ टिका लाउन“मामाघरतिर टिको लाउन नहुने भएकाले त्यो तिहारको सबै चाजोपाजो आमाले नै मिलाई दिनुभएको थियो, बुवा भने त्यसपाली टिका लाउन फुपुको तिरै जानुभएको थियो ।

हामी रेडि भई टिका लाउन जान्थ्यौ । बहिनीले सप्तरङी टिका निधारमा लगाई दिन्थी, मनमनै के के जप्थी र दैलोमा ओखर फुटाउथी, तेलको घेरा बनाइ मलाई घुम्थी  । मलाई लाग्थ्यो उसले गर्ने माया उसलाई मैले सायदै गर्न सकुला । अघिको अनरसा फेरि म मिठो मान्दै खान्थे र उसलाई पनि खुवाईदिन्थे ।

आज ५ बर्ष भएछ, मेरी रुन्चे बहिनीको हातको टीका नलगाएको पनि, उसले बनाएको अनरसा नखाएको पनि । आज उसलाई फोन गरे, धेरै कुरा भयो, फोन राख्ने बेलामा भने, ’तैले पकाको त्यो अनरसा जस्तो मिठो अनरसा आजसम्म खाको छैन मैले ।’ यती भनिसक्दा नसक्दा आँखा रसाईसकेका थिए । सानोमा अनरसा नमिठो भो भन्दा रोएकी उ आज त्यही अनरसा मिठो भो भन्दा फेरी रोई । लाग्यो फेरी किन रुवाए उसलाई ! बिस्तारै मसिनो स्वरमै बाई भोली कल गर्छु भनेर मैले फोन राखे । जिन्दगीले बेरङी भाग्य पोतिदियो निधारमा बहिनी, मन त तिम्रै हातको सप्तरङी टिका लगाउने नभाको कहाँ हो र ?


यो परदेशबाट अर्को साल बहिनी तिमै हातको टीका लगाउन र तिमीले बनाएको अनरसा खान अवस्य आउँछु । यसपाली पनि मेरो निधार खाली राखे बहिनी अर्को साल तिमै हातको टीका लगाउन ।

Views: 305

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)