3rd June | 2020 | Wednesday | 8:03:29 AM

आत्मविश्वासका धनी–हिृवलचियर थाङ्का चित्रकार

  POSTED ON : मंसिर २३, २०७४ (२:३१ PM)

आत्मविश्वासका धनी–हिृवलचियर थाङ्का चित्रकार

रमा लुइँटेल

तपाईंलाई के गर्दा खुशी लाग्छ ? यो प्रश्नको उत्तर मान्छेपिच्छे फरक आउँछ । उत्तर फरक आउनुको कारण व्यक्तिको रुचि, अवस्था र उसले भोगेको जीवनको अनुभूति नै होला । 

उमेरले ३५ वर्षका नवराज कार्की थाङ्कामा चित्र कोर्दा विचित्रै खुशी हुन्छन् । दूर भविष्यसम्म थाङ्का उनका लागि जीवन धान्ने कर्म बन्ला । आत्मनिर्भर बन्ने सारथि होला । अहिलेका लागि भने थाङ्कामा चित्र कोर्नु उनका खुशी कमाउने मूल आधार हो । उनी भन्छन्, ‘जब म थान्कामा चित्र कोर्न थाल्छु, यति खुशी हुन्छु कि बयान गर्न सक्दिनँ ।’ 

जीवनमा भोगेका सबै दुःख, अभाव, कष्ट नवराज बिर्सन्छन् । दिल र दिमाग दुवै केन्द्रित गर्छन् क्यान्भासमा । हिृवल चियरमा बसेर थान्कामा चित्र उतार्नु त्यति सजिलो काम होइन तर नियतिले यस्तै अह्राएपछि उनले त्यसलाईसजिलै स्वीकार गरेका छन् । थाङ्कामा चित्र बनाउने छ वर्ष लामो तालिमका उनी एक प्रशिक्षार्थी हुन् । यो तालिम लिने उनीजस्तै २० जना छन् ।  नवराजले तालिम लिन थालेको चार वर्ष पुग्नै लागेको छ । ‘बोधिसत्व इन एक्सन’ संस्थाबाट उनी तालिम लिँदैछन् । अहिले उनी क्यानभासमा चित्र कोर्न सिक्दैछन् । चित्र कोर्न सामान्य धैर्यले पुग्दैन । उनले आफ्नो कामको महŒव यसरी प्रष्ट पारे, ‘हुबहु उतार्नुपर्छ, एक इन्च पनि तलमाथि हुनु हुँदैन ।’

तालिम लिनुअघि उनी आफ्नो जीवनमा झण्डै सबैतिर अँध्यारो देख्थे । जीवनप्रति न आश थियो, न त भरोसा नै । नयाँ कुरा पाउनका लागि उनी हिृवलचियरको जिन्दगीलाई यता पल्टाउँथे, उता पल्टाउँथे । कोल्टे पार्थे । कहिलेकाहिँ उल्ट्याउँथे पनि । निराशा, अभाव र नकारात्मक दृष्टिकोणबाहेक नवराज केही फेला पार्दैन थिए । 

जब थाङ्काको तालिममा उनी सहभागी भए, त्यसले उनलाई जीवनको महŒव बुझाइदियो । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बदलिदियो । सबैभन्दा ठूलो कुरा त, उनले सुखीभन्दा खुशी जीवनको महŒव बुझे । त्यसमै रम्न सिके । त्यसैले आफूले गर्ने प्रत्येक काममा उनले आफ्नो खुशी खोज्न थाले ।  


उर्जाको स्रोत बन्दै 

नवराज दुर्घटनामा परेर कम्मरमुनिको भाग नचल्ने भएपछि उनी वर्षौंसम्म कोठाभित्र थन्किए । लुकेर बसेजस्तै भयो जिन्दगी । उनी आफूलाई हेर्थे अनि आत्मग्लानी र हिनताबोधले  फत्रक्क पर्थे । कोठाभित्र आफूलाई आफैँले लुकाएको तितो यथार्थ उनले सुनाए । त्यतिखेर अहिलेको जस्तो वातावरण थिएन । सहयोग गर्ने कोही थिएनन् । अपांगता भएकालाई हेर्ने दृष्टिकोण फरक थियो । ‘मलाई थाहा थियो, आफूलाई कोठाभित्र लुकाउन हुन्न भन्ने तर पनि म बाध्य थिएँ,’ कोठाभित्र बन्दीजस्तै जीवन बिताउनुमा संघसंस्थाको असहयोग मुख्य भएको उनको आरोप छ । आश्वासन दिनेहरू धेरै थिए तर काम हुँदैन थियो । काम नभएपछि आश्वासन दिनेहरूले छोडिदिन्थे । देखे पनि नदेखेजस्तै गर्थे । कतिपय संस्थाले त उनको मनोबल बढाउनु सट्टा घटाउन पो काम गरेका रहेछन् ¤ 

नवराज उनीजस्ता अरू जो नेपाली समाजमा आत्मग्लानी र हिनताबोधमा बाँचिराखेका छन् ती अपांगता भएकाहरूमा आत्मविश्वास जगाउन चाहन्छन् । त्यसैले थाङ्का चित्र बनाउने आफूले सुरु कामलाई उचाइ दिन चाहन्छन् । थाङ्का चित्रको शिखरमा पुग्न चाहन्छन् । उनलाई लाग्छ, उनको यो कदम उनीजस्ता धेरै अपांगता  भएकालाई प्रेरणाको स्रोत हुनेछ । अपांगता भएपछि जीवन सकियो भन्ने परिवार र समाजको लागि आत्मविश्वास जगाउने आधार हुनेछ । नवराज भन्छन्, ‘मैले आफ्नो खुशीसँगै अरूको जीवनमा पनि खुशी ल्याउनुपर्छ यो कामबाट ।’ 

नवराज जोरपाटीस्थित खगेन्द्र जनजीवन केन्द्रको प्राङ्गणमा भेटिएका थिए । उनको नजिकैबाट हिृवलचियर चढेका चार चार युवा ‘नवराज दाइ के छ’ भन्दै अघि बढे । ती युवाहरू पनि उस्तै थिए जसले जीवनका फरक फरक उमेरमा भएको दुर्घटनामा परेर गोडा गुमाएका थिए । 

जीवन मोड्ने त्यो जागिर 

नवराज ३९ वर्षअघि खोटाङको सामान्य परिवारमा जन्मिएका थिए । उनी जन्मिएको केही वर्षपछि उनको परिवार सुनसरीको प्रकाशपुरमा बसाइँ सरेको थियो । उनी बढ्दो उमेरका थिए । प्रकाशपुर झरेपछि आम्दानीका लागि केही काम गर्ने सोच बनाए । परिवारमा सल्लाहपछि इलामस्थित पुवाखोला जलविद्युत आयोजनामा काम थाले । नवराजलाई त्यो कामले जीवनको अत्यन्तै भिन्न तर वास्तविक मोडमा ल्याएर छोडिदियो । 

हो, उनी त्यही आयोजनाको काममा खटिएका बेला दुर्घटनामा परे । जुन दुर्घटनाले उनको स्पाइनल कर्डमा चोट लाग्यो । उचार गराए तर कम्मर मुनिको भाग चलेन । चढ्दो युवावयका नवराज १९ वर्षको उमेरमा आधा शरीर नचल्ने गरी अपांग भए । जीवन जबर्जस्ती अन्धकारतिर धकेलियो । उनी हिृवलचियरको साहारामा पुगे । 

हिृवलचियरमा बसेर जीवनका आरोह अवरोह हेर्न थालेको पनि १६ वर्ष पूरा भइसकेको छ । यो बीचमा उनले यस्ता सपना धेरै देखे जुन विपनामा कहिल्यै पूरा हुँदैन । दुर्घटनापछि उनले हिृवलचियरमा बसेको सपना देखेका छैनन् । उनी भन्छन्, ‘म त सधैँ दुई गोडाले ठमठम हिँड्ेकै सपना देख्छु, हिृवलचियरमा बसेको सपना देखेकै छैन ।’ 

नहुनु त भइहाल्यो । त्यसमै दुःखी भएर जीवन चल्दैन थियो । बेलाबखत देखिने स्वास्थ्य समस्याबाट भने हैरान छन् तर हार खाएका छैनन् । यस्ता अपांगहरूमा एकहोरो बसिराख्नु पर्दा धेरैलाई पिसाबको संक्रमण पटक भइरहन्छ । धेरैले कम्मर र गर्दन दुख्ने समस्या पनि झेलेका छन् । उनी पनि यस्तै स्वास्थ्य समस्याबाट अलिअलि पीडित छन् । पिसाबका लागि पाइप राखिएको छ । नवराज मात्रै होइन, उनीजस्ता स्पाइनल कड इन्जुरीका कारण अपांगता भएकाहरू डाक्टरको निगरानीमा रहनुपर्छ । पाइप त डाक्टर कहाँ नै पुगेर फेर्नु पर्ने हो तर धेरैजसो उनी आफैँ बदल्छन् । यसमा उनी अभ्यस्त भइसके । आर्थिक अभावले स्वास्थ्य उपचारमा समेत समस्या आउने गरेको छ तर जसोतसो चलाएका छन् । 


निःशुल्क अपरेसन 

लगातार हिृवलचियरमा बस्दा नवराजले केही न केही समस्या झेलिराखेका थिए । एकपटक अचानक पिसाबसम्बन्धी गम्भीर समस्या देखाप¥यो । धरान र विराटनगरका अस्पताल धाए । यहाँको उपचारले रोग निको पार्न सकेन । गुणस्तरीय उपचार सेवा खोज्दै उनी एक्लै काठमाडौं आए, पाँच वर्षअघि, २०६९ सालमा । काठमाडौंका उनका आफन्तले धेरथोर सहयोग गरे । सधैँ सहयोगको आश गर्नु पनि उनलाई ठिक लागेन । त्यो सम्भव पनि थिएन । एकमहिना औषधि खाएपछि अपरेसन गर्न मिल्ने जानकारी पाए । 

यही बीचमा उनी राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र पुगे जहाँ मासिक ६ हजार रुपियाँ तिरेर बस्न थाले । त्यो खर्च तिर्न उनले सहयोगी हात र दयालु मन भएका मान्छे भटे । त्यतिबेला सबैभन्दा ठूलो सहयोग त नवराजलाई डा. अर्जुनदेव भट्टले गरे । एक महिना खाने औषधि उनैले दिए । अपरेसन पनि निःशुल्क गरिदिए । नवराज ती दयालु मनका डाक्टरलाई जीवनपर्यन्त बिर्सन सक्दैनन् । भन्छन्, ‘म उहाँको त्यो गुन तिर्न सक्दिनँ ।’

नवराज अहिले ‘बोधिसत्व इन एक्सन’ नामक संस्थामा छन् । उनी गीत कविता लेख्न मन पराउँछन् । उनलाई हिजोआज लाग्छ, बाँच्नु कति ठूलो कुरा रहेछ ¤ ठूलो दुर्घटनामा परेर पनि बाँचेकोमा पनि खुशी भएका थिए । त्यही खुशीले उनलाई यहाँसम्म डोहो¥यायो ।  

सरकारसँग गुनासो 

भौतिक संरचना, सरकारी भवन अपांगताअनकूल नभएकोमा भने नवराज दुखी छन् । व्यक्ति विशेषका घर अपांगताअनुकूल नभएकोमा उनलाई गुनासो छैन । राज्यको ढुकुटी सकेर बनाएका संरचना भने सबैका लागि हुनुपर्छ । यतातिर ध्यान नदिँदा अपांगता भएकाले धेरै सास्ती भोग्नु परेको उनको अनुभवले बताउँछ । काम विशेषले सरकारी कार्यालय पुग्दा हिृवलचियर लैजाने ठाउँ हँुदैन । त्यतिबेला कसलाई गुहार्नुजस्तो हुन्छ । उनले यस्तो तितो यथार्थ बरबार भोग्नु परेको छ । भ¥याङ उक्लनै नसकेपछि धेरै पटक उनी काम नै नगरी फर्किएका छन् । 

सडकको अवस्था पनि उस्तै छ । हिँडिसाध्य छैन । सेतो छडी बोकेर हिँड्नेदेखि हिृवलचियरमा बस्नेसम्मलाई सडकको यात्रा कष्टप्रद छ । यसतर्फ स्थानीय निकायको ध्यान जानु आवश्यक ठानेका छन् उनले । स्थानीय तह अधिकार सम्पन्न भएकाले अब बन्ने संरचनाहरू अपांगतामैत्री हुने अपेक्षा गरेका छन् । 

उनलाई के लाग्छ भने, सरकारले गर्ने सहयोग उत्पादनशील हुनुपर्छ । अपांगता भएकालाई सरकारले गर्ने सहयोग तत्कालिक र दीर्घकालिक गरी छुट्याउनुपर्ने उनको सुझाव छ । तत्कालको सहयोग तत्कालको समस्या टारे पनि दीर्घकालीन सहयोगले सबैलाई समेट्छ, उत्पादनशील बनाउँछ । उनी भन्छन्, ‘सीप सिकाइदिनुप¥यो, दुई महिना चल्ने रुपियाँ दिने होइन ।’ 

अपांगता भएकाले उत्पादन गरेका सामान बजारमा खपत गराउन पनि सरकारको सहयोग महŒवपूर्ण हुने उनले देखेका छन् । 

आफ्नो काम आफैँ

नवराज सकेसम्म आफ्नो काम आफैं गर्छन् । शौचालय जान सहयोग चाहिँदैन । आधुनिक शौचालय र बाथरुम भए नुहाउन पनि समस्या पर्दैन । ‘सावरबाट नुहाउन सजिलो हुन्छ,’ समूहमा बस्छन्, खाना बनाउन समस्या छैन । आवश्यक पर्दा उनी भान्साको काम पनि आफैँ गर्छन् । नवराजको बुझाइमा अपांगतालाई जितेर अघि बढ्न नभई नहुने शक्ति आत्मविश्वास हो । उनको आत्मविश्वास बढ्दै गएको छ । जीवनप्रतिको आशा बलियो हुँदै गएको छ । 


Views: 481

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)