3rd June | 2020 | Wednesday | 10:08:48 AM

संघर्षशील माननीय

रमा लुइँटेल   POSTED ON : पुष २, २०७४ (३:५५ PM)

संघर्षशील माननीय

जुझारु छोरी । जनमुक्ति सेनाको पहिलो महिला छापामार, कुशल संगठन क्षमताशील नेता । रुकुममा जन्मिएकी ४२ वर्षीया कमला रोकाको परिचय यतिमै पर्याप्त छैन । मुलुकमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले उनको एउटा परिचय थपिदिएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित छ जना महिलामध्ये एक हुन् कमला । 

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कमलाको परिचय थपिएको हो । उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई शानदार ढंगले जितिन् ।  उनले १० हजार ४३४ ल्याइन् । कमलाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्ती थिए । उनले चार हजार ४०६ मत पाए ।  

कमला प्रतिस्पर्धीलाई झण्डै दोब्बर मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भइन् । थपिएको परिचयसँगै जनताको विश्वास कायम राख्न उनले रुकुमको मुहार फेर्नु छ । अति महŒवाकांक्षी र फोस्रा योजनाले मात्रै यो क्षेत्रको मुहार बदल्न सक्दैन । रुकुम पूर्व साविकका पाँच वटा  गाविसमा अझै मोटर बाटो पुगेको छैन । प्रतिनिधिसभामा नवनिर्वाचित यी सदस्यले दुई वर्षभित्र ट्र्याक नै नखुलेको ठाउँमा बाटो खोलेर मोटर दौडाउनु छ । 

जलविद्युत र पर्यटनको सम्भावना भएको यो ठाउँलाई स्थानीय स्रोतसाधन प्रयोग गरेर समृद्ध बनाउने योजना अघि सारेकी छन् । आत्मनिर्भरताका लागि कृषिलाई आधुनिकीकरण गर्न आवश्यक देखेकी छन् उनले । पुरानै शैलीको कृषिले रुकुमलाई समृद्धितर्फ लैजान सक्दैन, त्यसैले वैज्ञानिक स्रोतसाधन र उपायअनुसार कृषि गर्नुपर्ने कमला बताउँछिन् । 


आमा बन्दा मर्न नपरोस् 

आमा बन्नु महिलाका लागि वरदान हो । कहिलेकाहिँ यही वरदान अभिशाप बन्न पुग्छ । यस्ता अभिशापका उदाहरण महिला रुकुममा धेरै छन् । अब उपरान्त रुकुमका महिला आमा बन्दा मर्नु नपरोस् भन्ने चाहन्छिन् । त्यसका लागि सुविधासम्पन्न अस्पताल रुकुमलाई चाहिएको छ । अस्पतालमात्रै होइन, दक्ष स्वास्थ्यकर्मी पनि त्यत्तिकै महŒवपूर्ण हुन्छन् सुरक्षित सुत्केरीका लागि । ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा केन्द्रित हुन्छु’ उनले आफ्ना योजना सुनाइन् ।

सशस्त्र द्वन्द्वका बेला अपांगता भएका व्यक्तिहरूका लागि विशेष कार्यक्रम ल्याउने योजना उनको छ । द्वन्द्वको उद्गम स्थल रुकुमका धेरै महिला द्वन्द्व प्रभावित छन्, ती महिला पनि उनले ल्याउने कार्यक्रमले समेट्नु पर्छ भन्ने लाग्छ उनलाई । दुःखको पहाड रुकुममा जन्मिएर त्यहीँको दुःखमा हुर्किएकी कमलाले रुकुमको आवश्यकता बुझेकी छन् । त्यहाँका समस्या बुझेकी छन् । उनलाई समाधानका उपायहरू पनि थाहा छ । उनको अनुभवले यस्तै बताउँछ । केवल उनलाई चाहिएको छ त जनताको साथ । जनताले मतदानमार्फत एक तहको अनुमोदन गरेका छन् । अब उनले काम गरेर देखाउनु छ । 

रुकुमका महिला अभाव, गरीबी र अशिक्षाले उत्पन्न पीडाका भुक्तभोगी हुन् । उनीहरूलाई यसबाट मुक्ति दिलाउन सकेमात्रै यहाँका महिलाको मुक्ति सम्भव छ । यहाँका महिलाको मुक्ति विना महिलामुक्ति र महिला आन्दोलन ठोस निष्कर्षमा पुग्दैन । महिलामुक्तिका लागि उनले अघि सारेको अवधारण सुनाइन्, ‘शिक्षा र स्वास्थ्यमा पहुँच हुनुपर्छ ।’ शिक्षा र स्वास्थ्य सेवा नभई जनशक्ति दक्ष र स्वस्थ हुँदैन । जनशक्ति दक्ष र स्वस्थ भएमात्र विकास र समृद्धि सम्भव छ । 

स्कुल जाने संघर्ष

उनी पढाइ थाल्ने उमेरमा स्कुल जान नपाइनन् । त्यसको दोष न उनका आमाबाबुको हो न उनको । दोष हो त त्यो समयको । रुढीवादी समाजमा हुर्किएका कमलाका बाआमा छोरीलाई पढाउन आवश्यक छैन भन्ने विचारका थिए । उनका बाआमालाई त्यो मानसिकतामा हुर्केका र बाँचेका थिए । जति नै प्रतिकूलतामा पनि कमलाले पढ्ने इच्छा दबाउन सकिनन् । उनले दृढ इच्छाशक्ति भए त्यसलाई रोक्ने कोही हँुदैन भन्ने प्रमाणित गरिन् । पढ्ने अठोट र चाहना थियो । लुकिछिपी नै सही त्यो चाहना उनले पूरा गरिन् । 

कक्षा पाँचसम्मको पढाइ कमलाले कक्षा चढेका आफन्तको किताब ल्याएर पूरा गरिन् । प्रौढ कक्षाका किताब पनि उनका लागि खुबै उपयोगी हुन्थे । घरधन्दा भ्याएर फुर्सदमा पढेका किताबले पाँच कक्षासम्मको पढाइ पूरा भएको उनका परिवारलाई पत्तो थिएन । अब उनी ६ कक्षा पढ्न स्कुल जाने भइन् । कमला आफ्नै मनले स्कुल जान थालिन् तर घरमा वातावरण अनुकूल भएन । आमालाई मन परेन । उनले पिटाइ नै खाइन् । आज पनि उनलाई त्यो दिनको स्मरण हुन्छ । 

स्कुल गएको ‘अपराध’ मा पिटाइ खाएपछि रुनु स्वाभाविक थियो नै । उनले आमालाई बुझाउने प्रयास गरिन् । स्कुल जान पूर्ण स्वीकृति नपाए पनि उनको दोष नठहरिने भयो । उनी स्कुल जान थालेपछि घरमा उठेको झगडा विस्तारै साम्य भयो ।  

कमला रुकुमको किबास्थित हिमालय माविकी विद्यार्थी भइन् । उनी कमला गोठाला जान्छु भन्दै विद्यालय पुग्थ थालिन् । चराउन लगेका गाईवस्तु आफ्ना मिल्ने गोठाला साथीलाई जिम्मा लगाउँथिन् आफू भने किताबका अक्षरको गोठाला बन्न विद्यालय पुग्थिन् । 

विद्यालय नजान परिवारले मात्रै होइन समाजले समेत दिएको चेतावनीलाई उनले पैतालामुनि हालिन् । जस्तोसुकै बाधा भए पनि उनी विद्यालय जान छोडिनन् । मनभित्रका पीर र पीडा बिर्सेर पढाइको लक्ष्य पूरा गर्न कमला अघि बढिन् । 

कक्षामा सबैभन्दा राम्रो पढ्ने विद्यार्थी भइन् कमला । विद्यालय जानु उनका लागि किताब पढ्नुमात्रै थिएन । पुरानो सोच विरुद्ध आफैँले थालेको एउटा महŒवपूर्ण कदम थियो र यसलाई पार लगाउनु थियो । बढ्दो उमेरकी छोरीले किन पढ्नु प¥यो भन्ने समाजको लागि उन चुनौती थिइन् ।  


ढुंगा बोकेर पढाइ खर्च 

कक्षा पाँचसम्मको पढाइ आफ्नै बलबुतामा पूरा गरेकी कमलाले थप पढ्न पनि अरूको सहयोग पाउने संकेत थिएन । त्यसैले उनले विद्यालयको पोशाक र किताबकापी किन्न छिमेकीको ढुंगा बोकेर खर्च जोहो गरिन् । एक पटक ढुंगा बोकेर कमाएको १५ सय रुपियाँले विद्यालयको पोशाक, किताब, कापी र कमल किनिन् । भारी बोकेर यी सामान किनेको दिन उनको खुशीको सीमा रहेन । केही रुपियाँ बच्यो । यो दिन सम्झेर उनी आज पनि रोमाञ्चित हुन्छिन् । 

त्यो उमेरमा पढाइप्रतिको इच्छाशक्ति सम्झेर उनलाई अहिले पो अचम्म लाग्छ । त्यही इच्छाशक्तिले कमलालाई रुकुमबाट सिंहदरबार पु¥यायो । त्यति मात्रै होइन, यो प्रतिनिधिसभा निर्वाचनमा पाएको मतले त उनले आफूलाई जनताको मन र मुटुमा समेत पुग्न सफल भएको अनुभव गरेकी छन् । जनमतको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै कमलाले भनिन्, ‘यो मत जनताको मप्रतिको विश्वास हो, एउटा नेताका लागि जनताको विश्वासभन्दा ठूलो के हुन्छ र ¤’ 


११ वर्षमै कुरो छिनियो

त्यो घटना उनलाई अहिले सपनाजस्तै लाग्छ । उनी  ११ वर्षकी मात्रै थिइन् । एक दिन घरमा धेरै मान्छे जम्मा भए । उनीहरूको खानपिनको व्यवस्था कमलाका बाले गरेका थिए । ती मान्छेले धेरै रोटी र रक्सी खाएको उनी सम्झिन्छिन् । कमलाको बिहे पक्का गर्न त्यो जमघट आयोजना गरिएको रहेछ । उनीभन्दा केही वर्ष जेठा पुरुषसँग एक हजार रुपियाँ र एक धार्नी रक्सीमा बिहेको कुरो छिनेको थाहा पाएपछि कमला रुदाँरुदै थाकेर निदाएकी थिइन् । ‘मझेरीमा रुँदारुदै निदाएछु, आमाले बोकेर ओछ्यानमा पु¥याउनुभएछ,’ उनले त्यो दिन  सम्झिन् । 

भोलिपल्ट बिहान बाले ‘उमेर पुगेपछि बिहे गरेर जाने हो, अहिल्यै जानु पर्दैन’ भने । बाको यो कुरा सुनेपछि उनी अलिक ढुक्क भइन् । टाउकोको गाह्राँै भारी बिसाए जस्तै भयो । 

दाजुलाई चिठी 

कमलालाई आफ्ना दाजुले पढेकोमा भित्रभित्रै ईष्या थियो । ईष्या लाग्नुको कारण थियो आफूले पढ्न नपाउनु । मनभित्रै गुम्सिएरको त्यो ईष्या प्रत्यक्ष भेटमा बोलेरै व्यक्त गर्न उनलाई कठिन थियो । लेख्न सक्ने भएपछि कमलाले त्यो उद्वेग शब्द मार्फत व्यक्त गरिन् । पोखरामा पढ्दै गरेका उनका दाजुले कमलाको चिठ्ठी देखेर सुरुमा त विश्वास गरेनन् । बहिनीले कसैलाई लेख्न लगाई भन्ने भएछ । ‘मैले नै लेखेको भन्ने थाहा भएपछि दाजु छक्क पर्नुभएछ,’ धमिलो बन्दै गएको त्यो घटना कमलाले फेरि एकपटक स्मरण गरिन् । 

कुरै कुरामा कमलाले चिठीको भाका सुनाइन्– तपाईं आफू एक्लै पढ्ने, मचाहिँ मेलापात र घरधन्दा मात्रै गरेर बस्ने ¤ 

उनले भनिन्, यस्तो चिठी मैले पढ्न नपाउनुको आक्रोश थियो ।’ 

माओवादीलाई श्रेय 

केही वर्ष अघिसम्म राजनीतिक क्षेत्रमा महिला सहभागिता साहै्र कम थियो, नगन्य । पछिल्लो समय यो सहभागिता उत्साहजनक देखिएको छ । यसको श्रेय कमला माओवादी आन्दोलनलाई दिन्छिन् । माओवादी सेनामा ४० प्रतिशत महिला थिए । लडाइँमा जाँदा होस् वा फौजमा हिँड्दा पुरुष सरह अग्रपंक्तिमा हुन्थे महिला । ‘जनयुद्धमा भएको महिला सहभागिताले महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने विश्वास दिलायो,’ उनले आफ्नो आत्मविश्वासको आधार सुनाइन् । 

अवसरविना क्षमता विकास हुँदैन । अवसर नदिने र क्षमता छैन भन्ने प्रवृत्तिलाई कमला पित्तृसत्तात्मक सोचको उपज ठान्छिन् । जिम्मेवारीमा पुरुषभन्दा महिला बढी प्रतिबद्ध हुने गरेको उनले देखेकी छन् । 


शुभकामना माननीय सदस्य

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनले समाज बदल्न माओवादी राजनीति रोजिन् । माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वसँगसँगै उनी पहिलो महिला छापामार बनेर भूमिगत बनिन् । द्वन्द्वको मध्यतिर सांगठनिक जिम्मेवारी सहृमाल्न पाइन् । युद्धको पछिल्लो समय फेरि छापामारकै भूमिकामा सक्रिय भइन् । त्यसैले उनलाई राम्रोसँग थाहा छ द्वन्द्वले महिलालाई कति र कस्तो पीडा दिएको छ भन्ने । अहिले उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य छिन् । उनी केन्द्रीय महिला विभागको इन्चार्ज समेत हुन् । 

डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा उनी युवा तथा खेलकुद मन्त्री थिइन् । भूमिगत जीवनमा भोगेका अप्ठ्यारा र उल्झनका अनुभव सँगालेकी कमलाले कमलको फूलजस्तै बनेर जनताका आवश्यकता र चाहना पूरा गर्न सकून । संघर्षले खारिएकी माननीयलाई सफलताको शुभकामना ¤ 



Views: 356

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)