3rd June | 2020 | Wednesday | 8:11:36 AM

मिडियाबाट टाढा रहन्छन् युवा नेता रवि प्रकाश

चिसाङ शेर्पा   POSTED ON : पुष ५, २०७४ (५:०७ PM)

मिडियाबाट टाढा रहन्छन् युवा नेता रवि प्रकाश

खोटाङ । खोटाङ नेपाली कांग्रेसका युवा नेता रवि प्रकाश राईलाई शुसासनका पक्षधर भनेर चिनिन्छ । राई पनि यस कुरालाई स्वीकार्छन् । जिल्लाको साकेला गाउँपालिका १ साविक ८ डाडाँगाउ बाझेच्यानडाडाँका युवा नेता राई देश विदेश बुझेका कांग्रेस क्षेत्र नम्बर २ का महासमिति सदस्य हुन् । पहिला विकास र संमृद्धि अनि मिडियामा आउने चाहना राख्ने नेता राई हाल खोटाङ कांग्रेसका युवा नेता मात्रै नभएर एकताका बेलायती भुतपूर्व गोर्खा सैनिक समेत हुन् ।

मिडियामा उमेर सार्वजनिक गर्न नचाहने राईले रुपाकोट मझुवागढी नगरपालिका लफ्याङ पाँचमा दिदीको घरमा दिक्तेलको सरस्वती उच्च माविबाट प्रबेशिका परीक्षा पास गरेका हुन् । विद्यालय जीवनबाट नै राजनीति शुरु गरेका राई एसएलसी उतिर्ण पश्चात राजधानीस्थित नेपाल ल क्याम्पसमा अध्ययन गर्न काठमाण्डौ पुगे ।

नेता राईले विधार्थी राजनीति, कानुन विषयको पढाईलाई चट्टै छोडेर २०५० सालमा ब्रिटिस आर्मी गोर्खा सैनिकको जागिर खान शुरु गरे । राई परिवारमा जन्मिएका उनले बेलायतमा जागिरमात्रै खाएनन् । नेपालमा गरिरहेको राजनीति छोड्नु परेको पीडाले उनलाई बेलायतमा आर्मीको जागिर खाईरहँदा मनमा हुटहुटी भएको सुनाउँछन् । उनले भने, ‘देशको राजनीति खिचातानी र यस भित्रको विकृति सुन्दा, आफ्नो देश गएर सुशासनको राजनीति आजनै गएर सुरु गरौ हुन्थे ।’

बेलायतमा आर्मीको जागिर खाँदा उनी माथिल्लो दर्जामा पुग्न सकेनन् । बुद्धि र विबेक नभएर हैन उनी न्यायका पक्षपाती थिए । थिचोमिचो सहदैन थिए, त्यही कारण १६ बर्ष आर्मीको साधारण दर्जामै चित्त बुझाए । त्यहाँ पनि उनि सहकर्मीहरुको समस्यालाई लिएर सधै जुझारु स्वभाव देखाउँथे । त्यही कारण उनी सधै आर्मीको जागिरमा ओझेलमा परिरहेको दुखेसो पोख्छन् । अरुको देशमा बन्दुकको सिरानी र जीवन मृत्युको दोसाधमा राजनीतिको तिर्खा सहँदै गयो, जसको कारण नेपाल फर्के । 

आफ्नो नामको अर्थ ‘सूर्य’ भएको बताउने रविले २०६८ सालमा ब्रिटिस आर्मीको जागिर खादै गर्दा महासमिति सदस्य बनेर नेपाली कांग्रेसको १२ औ महाधिबेशनमा भाग लिन काठमाण्डौ ओर्लिए । यता आर्मीको जागिर, उता राजनीति एक किसिमले उनी अलमलमा थिए । 

गोर्खालीको २ सय बर्षको ईतिहासमा बर्दीभित्रैबाट महासमिति सदस्य बन्ने राई पहिलो नेपाली नागरिक हुन् । राजनीतिको मोहले उनले सन् २०१२ बाट सधैका लागि बेलायती आर्मीको जागिर छोडे । राष्ट्रियता, नेपाली नागरिकता र जन्मभुमिको अर्थ बुझ्दै त्यो प्रतीको दायित्व पुरा गर्नका निम्ती आर्मीको जागिरबाट अवकास लिदै परिवारलाई प्रवासमै छोडेर हिम्मतका साथ स्वदेश फर्किएका राईले आफ्नो जीवन राजनीतिमा खर्चिन अठोट लिए ।   

उनको इमान्दिरतालाई देखेरै होला नेपाली कांग्रेसले २०७० सालमा समानुपातिकमा उनको नाम राख्यो । यद्यपी, उनी सभासद बन्नवाट असफल भए । नेपाली कांग्रेस खोटाङ जिल्लाको छैठौ जिल्ला अबिधेशनबाट निर्वाचित महासमिती सदस्य युवा नेता राईले काम नगर्ने मिडियामात्रै धाउने नेताहरुको आदतलाई इंगित गर्दैै त्यस्ता नेता जनताका सेवक नभएर शासक हुन खोजेको बताउँछन् ।

सत्तालिप्सा नेताका कारण सिङगो राजनीति फोहोर, दुर्घन्धित बनेको कुसंस्कारलाई ढाल्न आफू राजनीतिमा अहोरात्र खटिरहेको राईले बताए । जिल्लामा २०६७ सालबाट सक्रिय राजनीति गरिरहेका कांग्रेसका युवा नेता राईले आफुलाई नेता सम्झदैनन्, जनताका सेवक मान्छन् ।  उनी भन्छन्, ‘सैद्धान्तिक कुराभन्दा ब्यावहारिक कुरा गरेर जनताको मन जित्न सक्ने असल मान्छे नै सच्चा नेता हो । लोकतन्त्रमा नेता शासक हुन्न केवल जनताका सेवक हुँ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ नेताले अझै पनि शासककै रुपमा कामकाज गरिरहेकाले देशले काँचुली फेर्न नसकेको राईले बताए । 

भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस चुनावी मतमा पछि परे पनि विचार र दृष्टिकोणले जितेको बताए । मुलुकमा सबै तहका निर्वाचन कांग्रेसले सम्पन्न गराएर संविधान जारी मात्र गरेन, कार्यान्वयन पनि गराएको कुरालाई प्रष्ट पार्दै कांग्रेसले लोकतन्त्रको संस्थागत गरेको जिकिर गरे । आगामी दिनमा कांग्रेसका हरेक नेताले पहिला आफूलाई नै शुद्धिकरण र सुदृढिकरण गरी भावनात्मक एकताको हिसाबले अघि बढे पार्टी स्वयंम मजबुत हुने र कांग्रेस मजबुत हुँदामात्रै मुलुक संवृद्ध हुने ठोकुवा गर्दछन् ।


Views: 823

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)