23rd May | 2018 | Wednesday | 3:49:15 AM

गजल : देख्छु...

राजेन्द्र शर्मा ढुंगेल   POSTED ON : Monday, 22 January, 2018 (8:23:01 AM)

गजल : देख्छु...

उस्तै जुन तारा उहि रात देख्छु, 

बेदर्दनाकका कयौं घात देख्छु ।।  


कतै नजर फिराँए भरि दृष्टि मैले,  

बेधर्मिहरुका उहीँ हात देख्छु ।।


पीडा गलेर जब छिचोलिँदा गह, 

हाँस्ने दुस्मनकै जमात देख्छु ।।


लुटिन्छन कोपिला हर प्रहरमा, 

निरीह दर्शक तिनै पात देख्छु ।। 


जल्यो आशा मेरो हुँदै खरानी,

तिखा सुलकै मात्र खात देख्छु ।।

खुदुनाबारी : झापा