18th February | 2018 | Sunday | 5:08:39 AM

गजल विधाका नयाँ प्रतिभा – राजेन्द्र ढुंगेलका गजल

  POSTED ON : Friday, 26 January, 2018 (1:03:51 PM)

गजल विधाका नयाँ प्रतिभा – राजेन्द्र ढुंगेलका गजल

–१–

कटाएँ...

कतै नाक कटाएँ कतै शिर कटाएँ,

महिना किनेर सयौयुग बेची पठाएँ ।।


अड्किरहें जब म बनी भोक प्यासै,

मरुभुमी भित्र जीवन खोज्दै हराएँ ।।


निभ्यो चन्द्र मेरो जहाँ प्रकाश रहेन,

बेनामीका थिए हुरि म त्यही बिलाएँ ।।


बगिरहेथे एकोहोरो किनारा सङ्गै ,

पोखिएर दृष्य कहि बदनाम कमाएँ ।।


भत्किएर आकाश धर्ती छिचोल्दा,

उदासिएको मनलाई आफैले बुजाएँ ।।


–२–

‘म’

शरीर बन्दकी बोकेकै रिनमा छु म

बाँधिरहेकै उसको अधिनमा छु म ।।


अधिकार भन्दै लडाएथे युद्ध,

गुमाई अस्तित्व बिहिनमा छु म।।


जसले बेचेथे पहिचान आफ्नो,

तिनलाई सम्झि आज घिनमा छु म ।।


आवाज निकाली मिल्दैन बोल्न,

यहाँ दुस्मनहरुकै दलिनमा छु म ।।


निस्वास बनेर स्वतन्त्र खोज्दै,

पर्खी बसेको उहीँ स्वदिनमा छु म ।।


–३–

‘वगलीमा छुरा’

सधै अस्तब्यस्त भिड पूरा यहि छन

सुन्छु कोलाहल भित्र कुरा यहि छन ।।


म नियाली रहेछु हरेक जिन्दगीलाई,

तुहिरहेका सपना अधुरा यहि छन ।।


छ बारम्बार प्रयास उहीँ जिउनलाई

हरदिन घोटिएका पाखुरा यहि छन ।।


शीत रोकेन हेर प्लास्टिकको पालले

भित्र अबोध स–साना भुरा यहि छन ।।


मान्छेका मुखमा राम राम देखिन्छ,

उहीँ बगलमा बोकिने छुरा यहि छन ।।


सानो प्रगती देख्दा जल्छ यो समाज,

खुट्टा तानेर ढाल्ने सुरा यहि छन ।।

–४–

‘विज्ञान’

बिज्ञानमा यस्तो चमत्कार भैदिए

अनि कलमको निपमा धार भैदिए ।।


यसरी रेटिन्थे यी भ्रष्टका गर्दनहरु 

हर शब्दका टुप्पामा तरवार भैदिए ।।


न धोका हुन्थ्यो न धोकेबाज हुन्थ्ये

सदबिचारले भरिएको संसार भैदिए ।।


सायद पिडामा कोहि पर्दैन थिए कि 

हरेकमा बिश्वासको घरबार भैदिए ।।


छोडी जाने सम्झी आँसु खस्दैन्थ्यो

याद टुक्रयाउने कुनै औजार भैदिए ।।