18th February | 2018 | Sunday | 5:15:45 AM

कविता – तिमीलाई शुभकामना

सीताआस्था ढुंगेल   POSTED ON : Tuesday, 30 January, 2018 (1:39:44 PM)

कविता – तिमीलाई शुभकामना

तिमीले जवर जस्त तानेर

तिम्रो आगनमा

एक पाइलो टेकेको

मात्र हो मैले,

त्यहि पाहिलाले

आगन भत्कायौ भन्यौ

यौटा र सिंग्रीङ्ग सुकेको

बुढो रुख रोप्यौ

अनि

मलजल नहालेर

 सिचाई नपुर्याएर

आफैं ढल्यो 

अलिकति पनि 

सितलता दिन नसक्ने 

त्यो बेढंगको बुढो रुख

फेरि

तिमीलेनै ढाल्यौ भन्यौ

म तिम्रो घर भित्र नछिरी

तिम्रो घर्ति हेर्दै नहेरी

आफ्नो असाधारण ब्यक्तित्व 

जन्माउने कल्पनामा हराउदै गर्दा,

फेरि

कुनामा लुकाएर राखेको 

यौटा दुनो पनि हरायो भन्यांै । 

अनि मैले तिमीलाई

नरिसाई शुभकामना दिएँ

सधैं यस्तै सोचहरु जन्मिरहून

शुभकामना ।