25th May | 2018 | Friday | 9:30:45 PM

कविता : म नभएर के भो !

पार्वती निरौला   POSTED ON : Saturday, 03 February, 2018 (6:59:38 PM)

कविता : म नभएर के भो !

म रुँदा तिमी नि रोऊ भन्दिन म ,

म हाँस्दा खुसि होऊ पनि भन्दिन म 

म जस्तो भए नि जहाँ रहेनि 

तिमी त दुखि होउ कहिल्यै भन्दिन म ।


खुल्ला तिम्रो आकाश मैले छेकिदेको छैन 

गुनासो को दुई शब्द लेखिदेको छैन ,

जहाँ जाऊ स्वतन्त्रता खोस्नु पनि किन ?

कोही सँग पिर ब्यथा पोखिदेको छैन ।।


मनको कुनामा राखेर देखाउन पनि सकिन

छैनौं भनेर दुनिँया ठगे आफू भित्रै मेटाउन सकिन ,

जहाँ गए साथै थियौ यादै रहेछ पापि 

एक्लै जिउँछु नआउ भनी रोकाउन पनि सकिन ,

समय भन्दा पनि बलवान देखियौ म दर्शक बने, 

चलायमान तिम्रो गतिलाई चाहेर भेट्टाउन पनि सकिन ।


तिमिले सम्झियौ कि सम्झेनौं , मैले देखिनँ पनि ,

मैले सम्झेकि सम्झिन केही लेखिन पनि,

मेरो मौनता तिम्रो सुन्यता कतै देखिने छैन ,

याद जहाँछ त्यहि लुकाए कतै पोखिन पनि ।


मेरा परेलि ओभाएका कुनै पल नहुँदा के भो  

तिम्रो गन्तव्यलाई मैले कहिल्यै रोकिन पनि,

यो यात्रा जिन्दगीको सम्झना भित्रै जिउन 

भूल हजार होलान् मैले दोषिन पनि ।