16th December | 2018 | Sunday | 7:36:36 PM

गजल

राजेन्द्र ढुंगेल   POSTED ON : Monday, 26 February, 2018 (2:15:35 PM)

गजल


ऊ सोध्दैथी म सँग निस्वार्थ मायाका कुरा,

उदाहरण दिँदै तिनै कृष्ण र मिराका कुरा ।।


प्रेम एउटा सँग विवाह चाहिँ अर्कै सँग अरे,

किन कतै आएनन कथामा राधाका कुरा ।।


मैले थपेँ स्थान र समयले नाम फरक हुन्छ,

राधा,रुक्मिणी एकै हुन के छ शंकाका कुरा ।।


जहाँ टाडिन्छ मान्छे खोज्दै स्नेह भरि ममता,

आखिर कसैले बुज्दैनन् यहाँ आमाका कुरा ।।


प्रेम आभास हो बिना मिलन नै मीठो हुन्छ,

बरु झुटा ती हुन्छन कसम र बाचाका कुरा ।।


Views: 23