18th September | 2018 | Tuesday | 9:29:18 PM

कविता – मर्माहत दुर्घटना

सुभाष ढुंगेल   POSTED ON : Tuesday, 13 March, 2018 (7:26:25 PM) Views: 0

कविता – मर्माहत दुर्घटना

कहालीलाग्दो घटना सुन्दा लाग्छ अझै 

असाधरण !


मर्माहत तुत्याउने दुर्लभ दुर्घटनाको भयो

उदाहरण !


सुन्ने देख्ने जति जम्मैलाई भएझैं लाग्थ्यो 

सर्वश्वहरण !


देखिन्थ्यो रे तर,गन्तव्य मै हुन लागे झैँ 

अवतरण !


क्षणभरमा हुन पुग्यो,लौन कसरी त्यहाँ 

चिरहरण ?


त्यत्रा प्राण पखेरुहरुको हुनपुग्यो त्यसरी 

अपहरण !!


दिवंगतहरुले गर्नु नपरोस् निष्ठुरी कालसँग 

आत्मसमर्पण १


बैकुण्ठबास होस् मिलोस सदा परमात्माको

सुखद शरण !


शोकाकुललाई मिलोस है शक्ति,गर्न भनेर 

धैर्यधारण !!!