15th October | 2018 | Monday | 11:32:14 PM

संभवतः कान्छी उपप्रमुख सपनाका सपनाहरु

चिसाङ शेर्पा   POSTED ON : Friday, 16 March, 2018 (6:53:00 PM)

संभवतः कान्छी उपप्रमुख सपनाका सपनाहरु

 खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिकाकी उपप्रमुख सम्भवतः सपना राई सबैभन्दा सानो उमेरकी शसक्त महिला प्रतिनिधि हुन् । खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिका छोरम्बु ३ घर भएकी राई  सोही गाउँपालिकाकी उपप्रमुख हुन् । २०५० साल जेठ १६ गते पिता रुद्र बहादुर राई र आमा बिना राईको कोखबाट साईली छोरीको रुपमा जन्मिएकी सपना गत असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा उपप्रमुखमा विजयी बनिन् । 

शान्ती मावि छोरम्बुमा कक्षा आठ अध्ययन गर्दागर्दै नेपाल विधार्थीसंघको राजनीति सुरु गरेकी राईले २०६५ सालमा प्रबेशिका परीक्षा उतिर्ण गरेकी हुन् । सपनाले दिक्तेल बहुमुखी क्याम्पसबाट २०६७ सालमा प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरेकी थिइन् । हाल अध्ययनसँगै राजनीतिमा सक्रिय रहेकी उपप्रमुख सपना राई दिपु्रङ चुईचुम्मा गाउँपालिकालाई सम्मृद्ध बनाउने उद्देश्यमा रहेको बताउँछिने । स्थानीय सरकार कायम हुँदा उनी नेपालको सबैभन्दा कान्छी उमेर २४ बर्षका गाउँपालिका उपप्रमुख हुन् । सम्भवत राई नै अधिराज्य भरीको कान्छी उपप्रमुख हुन् ।

उमेर नै अपरिपक्व देखेर स्थानीय निर्वाचन अगाडि गाउँगाउँमा भोट मागेर हिडेको देख्दा कोही पनि राईले जित्लिन भन्ने बिश्वासमा थिएनन् । गाउँका युवायुवती, बृद्धबृद्धाले जित्लिन भन्ने आशा नगरेका सपनाले अन्ततः स्थानीय निर्वाचन जितेरै छोडिन । सपनालाई अहिले भोट माग्दाका ति बाचाहरु पूरा गर्न रहर र बाध्यता बनेको छ । गाउँपालिकालाई सम्मृद्ध बनाउन बाध्यताभन्दा रहर बढी रहेको उनी स्वीकार्छिन । ‘मानिस जन्मेपछि केही गर्नुपर्छ, मानव भएर मानवकै सेवा गर्नुपर्छ’ भन्ने उद्देश्य लिएर राजनीतिमा लागेको बताउने सपनाको राजनीतिक सपना साँच्चीकै पूरा भएको छ ।  

आफू महिला भएकाले महिला र युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिंदै गाउँपालिका उपप्रमुख बनेको ६ महिना नगुज्रिंदै सपनाले पालिका प्रमुखसँगको सहकार्यमा गाउँपालिकाभित्रका ७ वडामा शिशु पोषण प्रर्बद्धन भत्ता प्रतिमहिना हजार रुपैयाँका दरले बिनियोजन गरेकी छन् । आङ खस्ने महिलाहरुका लागि बजेट छुट्याएको र पहिचानगरी फागुनभित्रमा उपचार गर्ने उनी बताउँछन् । गाउँपालिकाभित्र ७० बर्ष पूरा गरेका बृद्धबृद्धाका लागि स्वास्थ्यकर्मीलाई घरमै पठाएर उपचार गराईने र उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने दिपु्रङ चुईचुम्मा गाउँपालिका उपप्रमुख राईले बताईन् । 

गाउँपालिकाभित्रका ६५ बर्षमाथीका बृद्धबृद्धालाई सवारीसाधानमा निशुल्क भाडा, शिशुको पौष्टिक खाना लिटोका लागि गाउँपालिकामा खाध्यपदार्थको पहिचान गरेर लिटो बनाउने, त्यसबापत केही महिलालाई रोजगारी दिने, भीरचुङ्माडाडाँको सफल प्याराग्लाईडिङलाई चार वर्षभित्र व्यवसायिक बनाउने, सुनकोशी नदीमा ¥याफ्टिीङ सञ्चालन गर्ने, बतासेको भण्डारेघाट बजारमा पम्पिङ प्रविधि गरेर खानेपानी आपूर्ती र गाउँपालिकाभित्रका सातै वडामा बिजुली बत्ती, सडक पु¥याउने सपना रहेको सपनाले सुनाईन् । 

साधारण जीवनबाट गाउँपालिका उपप्रमुख हुदा जिम्मेबारीमा परिबर्तन आउनुले थप कार्याभार काँधमा आईपरेको र आफ्ना साथीसङगीलाई समय दिन नसकेकोमा दुखी हुनु परेको उनी स्वीर्काछन् । यद्यपी, आफ्नो गाउँपालिकाभित्रका जनतालाई सेवा सुविधा दिन पाउँदा चौगुणा सुख मिल्ने उनले बताइन् ।

जीवन जगतलाई चिन्न सक्नुपर्छ भन्ने अठोट लिएर राजनीतिमा होमिएकी बताउने उपप्रमुख राई साथीसंगीसँग बसेर भलाकुसरी गर्न, गीतसंगीत सुन्न रुचि राख्छिन् । जीवनमा बिश्वासघात गर्न मन नपराउने उनी गाउँपालिका उपप्रमुख मात्रै नभई आफू एक युवती भएको र विवाह मानव जीवनको अपरिहार्य सम्बन्ध रहेको बताउँछिन् अविवाहित राई ।

विवाह हुन्छ तर, कहिले हुन्छ यकिन नभएको बताउने सपनाले हालसम्म आफू सिंगल भएको बताईन् । व्वाईफ्रेण्ड नभएको र बनाउनका लागि फुर्सद नभएकाले विवाह कहिले हुन्छ भन्ने आफैलाई पत्तो नभएको उनले बताईन् । उनी भन्छिन् “मेरा लागि विवाहभन्दा यहाँका जनतालाई सुख र यस ठाँउ संमृद्ध बनाउनु मेरो प्राथमिकताका विषय हुन् ।” 

दिपु्रङ चुईचुम्मा गाउँपालिका उपप्रमुख सपना राई, नेपालको सबैभन्दा कान्छी महिला स्थानीय प्रतिनिधि हुन् ।


Views: 6