18th October | 2018 | Thursday | 2:03:40 PM

कविता – हाम्रो समाज

सुभाष ढुंगेल   POSTED ON : Monday, 19 March, 2018 (2:01:17 PM)

कविता – हाम्रो समाज


गरिबको कोखबाट जन्मलिनेहरुलाई 

अभागी बताउँछ ।

धनीको कोखबाट जन्मलिनेहरुलाई 

भाग्यशाली बनाउँछ ।

जन्मना साथनै हामी 

भाग्यबादको शिकारभएका हुन्छौं ।


त्यसपछि नमरुन्जेलसम्म हामी 

दुर्घटनै दुर्घटनाको शिकार भएका हुन्छौं ।


सानू हुँदा कुपोषणको शिकार !

सडकमा हुँदा प्रदुषणको शिकार !

जिन्दगीभर शोषणको शिकार !

बाँच्न सफल गरिबले

जिन्दगीलाई संघर्ष भन्छ ।

बाँचुन्जेल धनीले

सम्पत्तिलाई सहर्ष गन्छ ।


यस्तो लाग्छ...

गरिबको गरेर शोषण,

धनीको हुनेगर्छ भरणपोषण !

यसरी नै हाम्रो समाजले दिनेगर्छ,

सम्पन्नताको उदाहरण !


यस्तो लाग्छ


गरिबलाई लुटेर नै

यो समाजले कमाएको छ ।


सधैं 


अँध्यारोलाई खिज्याएर नै

उज्यालोले रमाएको छ ।।


Views: 5