22nd July | 2018 | Sunday | 9:08:40 AM

कविता–परिवेश

अनिता कोइराला   POSTED ON : Thursday, 22 March, 2018 (3:29:05 PM)

कविता–परिवेश


तिम्रो र मेरो बिगतको परिवेश समान भएपनी !

तिम्रो र मेरो आजको प्ररिवेश असमान भएको छ !!


तिम्रा सरल कुरापनी, मलाई आज अप्ठ्यारो लागेको छ !!

तिम्रो खुसी हिजो जस्तो थियो, आज पनि यथावत होला !

तर, मेरो खुशी आज स्वतन्त्र नभए र बाँधिएको छ !!


तिमीले हिँडेकाका साँगुरा गल्लिहरु ,आज फराकिला भएका होलान् !!

मेरा हिजोका फराकिला बाटा, आज साँगुरा गल्ली भएका छन् !!


तिम्रो परिवेशमा आँखा नभएका नेत्रहीनहरु पनि चारैतिर उज्यालो देख्छन् !!

मेरो परिवेशमा आँखा भएका नेत्रलालहरु पनि चारैतिर अँध्यारो देख्छन् !!


तिमीले त्यता तिम्रा उन्नतिका चौतर्फी ढोका उघार्दा !!

म एता मेरा उन्नतिका ढोकाहरु हुरी आँउछकी भनेर बन्द गरिरहेको छु ं!!

मलाई के थाहा ! हुरी त जतिनै ढोका बन्द गरे पनि भित्र आँउदो रहेछ !


तिम्रो तिर त नबुझ्ने गरी मातृसत्ता आइसक्यो होला !

यता त बुझेर पनि, पितृसत्ताले नै जरो गाडेको छ !!


तिम्रो तिर पाइने सशक्तिकरणको पाठ यता ल्याउनु छ !

मैले बिर्सन लागेका स्वावलम्बनको अर्थ फेरी दोर्होयाउनु छ !


तिम्रो तिर पाइने परिवर्तन रुपि जल, अब घर घर पुर्याउनु छ !!

तिम्रो टोलमा पाइने अलौकिक खुशी सबैतिर संप्रेषण गर्नु छ !


सित्तैमा नदिए तिमीले सापटी त दिन्छ्यौ होला !

तिमी र म मिलेर  मेरो टोलमा नयाँ उज्यालो भित्र्याउनु छ  !!