मिलेको छैन रे त्यहाँ मर्यादाक्रम !
सच्याउनु पर्छ रे त्यहाँ वरियता क्रम !!
छैनन् कोही भन्दा कोही कम !
भन्दैछन् तँ भन्दा म के कम ?
तैंले भन्दा मैले
पढेको छु धेरै पाठ्यक्रम !
गरेकोे छु यहाँ ठुलै पराक्रम !!
“क्रमबद्ध भन्दा क्रमभङ्गलाई
गरे हुन्न बरु वेलकम ?
तत्पश्चात शुरुआत हुनेछ फेरि
कुर्सीमा बस्ने क्रम....
आरम्भ हुनेछ फेरि
ब्यक्तिगत विकासको क्रम .....
अर्थात
भूँडीभर्ने क्रम !
देश लुट्ने क्रम !
तन्तनी पिउन थालिने छ अनि
रंग..कडा...चिनी कम !!
ह्विस्की ज्यादा पानी कम !!
एवं रीतले ,
अनन्त कालसम्म यसरी नै
क्रमशः
विकास हुँदै जानेछ यहाँ
घटनाक्रम !
जारी नै रहने छ यहाँ
यो देशको विनाशको क्रम .........