15th October | 2018 | Monday | 10:50:17 PM

कविता – म उस्तै छु

पार्वती निरौला   POSTED ON : Monday, 26 March, 2018 (8:02:31 PM)

कविता – म उस्तै छु


रोएर के हुन्छ हाँसेर  जित संसार 

शत्रु बनाइ होइन मित्रता गाँसेर जित संसार ।

आफ्नो को पराइ बिवेक राखेर जिन्दगीमा

पलपल मरेर होइन बाँचेर जित संसार ।।


नआ भनेपछि आउने रहर हराइ गयो

मनबाट कसम तिम्रो शहर विलाइ गयो । 

त्यो परिवेश राम्रो कुँदेको चित्र मनले 

खुल्दुलि भेट्ने छुट्टै प्रहर सेलाइ गयो ।।


जहाँ थिए त्यहि छु म सरेर गाको छैन 

जस्तो थिए त्यस्तै छु फरक परेर गाको छैन ।

हरेक जिन्दगीका उल्झन सुल्झन सँग

सङ्घर्ष गरिराछु साँघु तरेर गाको छैन ।।


जे छु म ठिकै छु पैसाको निमित्तमा 

कसैको नजर देखि झरेर गाको छैन ।

नखोज्नु मलाई सेतो कात्रो भित्र अझै त 

म मरेर गाको छैन ।।


Views: 7