23rd July | 2018 | Monday | 11:19:22 PM

कविता – को श्रेष्ठ मान्छे ?

अनिता कोइराला   POSTED ON : Saturday, 31 March, 2018 (3:34:45 PM)

कविता – को श्रेष्ठ मान्छे ?

पृथ्वी जस्तै सहनशील हुनु पर्ने हो , यो मान्छे

तर, किन हुँदैन सशनशील संधै, यो मान्छे !


समुन्द्र जस्तै गम्भीर किन हुंदैन, यो मान्छे

वर्षायामको खहरे जस्तै हुन थाल्यो, यो मान्छे !


मानवता बिनाको हुन थाल्यो अब मान्छे

रोबोटमा भेटियो बरु मानवतासहितको मान्छे !


पवित्रता  बिना भौंतारिएको छ यो मान्छे

 सधै अरुमै पूर्णता खोजिरहन्छ यो मान्छे !


बीणाको जस्तो मधुरता हुनु पर्ने हो,यो मान्छे

कर्कटपात जस्तो कर्कस हुन पुग्यो ,यो मान्छे !


साधुता र बिशालताले सम्पन्न हुनु पर्ने ,यो मान्छे 

छ्लकपट र निचताले भरिपूर्ण हुन थाल्यो ,यो मान्छे !


मानवताको आधारभूत बिशेषता बिनानै ,

श्रेष्ठ भयो यो मान्छे !

त्यसैले त  सधै दुखी र क्लान्त छ, यो मान्छे !


अशान्तिलाई आफ्नो ठान्दै अँगालो मार्न थाल्यो, यो मान्छे 

शान्तीलाई भ्रान्ती ठान्दा बिछिप्त हुनथाल्यो ,यो मान्छे  !



लौन प्रभु ! बनाइदेऊ अब नकारात्मकता बिरुद्धको एउटा नौलो भ्याक्सिन 

बनाई देऊ प्रभु–मानवतासहितको सुलुक्क निलिने सुनौलो क्यापसुल !