21st September | 2018 | Friday | 11:28:34 AM

परिवर्तन यही हो आमा !

अनिता कोइराला   POSTED ON : Thursday, 05 April, 2018 (2:40:18 PM)

परिवर्तन यही हो आमा !


भो आमा ! इतिहास सम्झेर अब तिमी नबस !

बरु, आऊ भविस्यका रमाइला कल्पना गरौँ !!

 हाम्रो प्रकृतिलाई 

हेरत !

कति नजिक  बनाएको छ प्रविधिले !

आज अग्ला अग्ला डाँडाहरुलाई  निमेश भरमा छिचोल्दै ,

केबुलकारमा बसेर प्रकृतिको, आनन्द लिइरहेका छौँ !

प्रकृतिको काखमा लुटुपुटु गर्दै हाँसेका छौँ, नाचेका छौँ !!


आधुनिक  प्रविधिले आज संसार कति नजिक बनाएको छ , आमा !

युरोप, अमेरीकालाई मोवाइलका पर्दामा हेर्न सकिन्छ, वात मार्न सकिन्छ 

आज संचारले हामीलाइ जागरुक बनाएको छ !!

आमा तिमीले अब अनुभव गर्न सक्छ्यौ, तिम्रा पाँचै इन्द्रियहरु प्रविधिमा 

चलाएमान हुनेछन् !

तिमी जहाँ भएपनि , प्रकृतिलाई हेर्न, सुन्न, छुन, स्वाद र सुगन्ध  लिन सक्नेछ्यौ ।

तिमी आशावादी  बन आमा !

तिमीपनि एकदिन तिमीले पुज्ने चन्द्रमामा सयर गर्ने छ्यौ ।


अब, तिमी नसोच सगरमाथाको देशमा जन्मेर पनि ,

सगरमाथा  देखेको  र टेकेको छैन भनेर !

तिम्रा साखा सन्तान लिएर एकदिन केबुलकार सगरमाथामा पुग्नेछ !!


आमा अब तिमीले हिजो गरेको राजनीति लडाइँ सक्कियो ।

अब देशमा आर्थिक क्रान्तिले , समृद्धिको उचाई छुनेछ !!

अनि तिमी सातै प्रदेश सातै घण्टामा घुमेर बास बन्न आफ्नै घर आउँनेछ्यौ !!


नकोट्याउ आमा ! अब विगत र वर्तमानका खाटा बसेका घाऊ

बरु तिमी आफ्ना मुजा परेका गालालाई ,

प्रविधिले दिएको समृद्धिको खुशीेको तागतले तन्काऊ !!

अनि देख्ने छ्यौ खुल्ला आँखाले विहानी पखको मिठा मिठा सपना !


अब न तिमी न म, युरोप–अमेरिका र फ्रान्स कतै जानु पर्दैन आमा !

तिमी र म, मंगलमा गएर लञ्च गरौंला , अनि चन्द्रमामा गएर सेल्फी खिचौँला !

राती आफ्नै घरमाआएर, फेसबुकमा फोटो अप्लोड गर्दै, डिनर गरौंला !!


आमा पीर नगर अब ,

तिमीले बिषाधियुक्त खाद्यान्न खानु पर्दैन !!

बाँचि त राख , समुन्द्रभित्र  र आकाशमा उत्पादन गरेका स्वस्थ्य खाना खाउली !!

त्यसैले आमा !  

अब पर राख निराशा र अबिस्वासका कुरा !

अब तिमी बिश्वास र प्रगतिका रमाइला कुरा गर 

चाउरी परेर खुम्चिएका आँखाका ढक्कनहरु अब खोल आमा ! अब खोल ।



Views: 0