23rd July | 2018 | Monday | 11:17:59 PM

विरामीको पुकार सुन्ने डा. पुकार

रमा लुइँटेल   POSTED ON : Saturday, 07 April, 2018 (4:32:28 PM)

विरामीको पुकार सुन्ने डा. पुकार

पहाडी जिल्ला बागलुङको बाग्लुङ बजारमा जन्मेका पुकार श्रेष्ठका बा न्यायाधीश थिए । जागिरको सिलसिलामा उनका बा विभिन्न जिल्लामा गइरहन्थे । पुकारले बासँग बिताउने अलिक लामो समय भनेको दसैंको विदामात्रै हुन्थ्यो । उनी सानै छँदा ठूलो दाजु इन्जिनियरिङ पढ्न कलकत्ता र माइलो दाजु काठमाडौं गएका थिए । दिदीहरू स्कुलमा पढ्थे । आमा र दिदीहरूकै मायामा हुर्केका पुकार सानैदेखि ज्ञानी थिए । छमेकीहरू आफ्ना छोराछोरीलाई ‘पुकारजस्तै ज्ञानी हुनुपर्छ’ भन्थे । 

बाबुकोे त्यो ‘ब्रहृम वाक्य’ !

बागलुङमा सहित्यिक र सांस्कृतिक गतिविधि भइरहन्थे । दाजुहरू कविता र निबन्ध प्रतियोगितामा प्रथम भएर तक्मा ल्याउँथे । उनी भने ती प्रतियोगितामा खासै भाग लिँदैनथे । कक्षा ७ मा पढ्दाको प्रसंग हो, उनका बा विषेश कामले विदामा घर आएका थिए । छोराको पढाइ उति राम्रो नभएको ठाने । छोरालाई भने, ‘तिम्रो पढाइ ठिकठिकै रहेछ, अब तिमी व्यापार गर, एउटा पसल थाप ।’

बाको यो भनाइ पुकारका लागि ब्रहृम वाक्य भइदियो । उनले बाको आसय बुझे, बाले सोझो कुरा गरेका होइनन् भन्ने ठाने । उनको कलिलो मस्तिष्कमा यस्तो छाप प¥यो कि, व्यवसायी भएर धन कमाउनुभन्दा पढेर शिक्षित हुनु ठूलो रहेछ । त्यो छापले उनको ध्यान पढाइमा केन्द्रित भयो । मिहिनेतले पढ्न थाले । कहाँसम्म भने पाठ्यपुस्तकका हरेक पृष्ठ, हरेक च्याप्टर र हरेक वाक्य कण्ठस्थ बनाउन थाले । मिहिनेतको प्रतिफल ‘फस्र्ट थ्री’ मा पर्न थाले । बाग्लुडबाटै एसएलसी उत्तीर्ण गरेका पुकार त्यसपछि काठमाडौं आए ।

उनले बागलुङको स्कुलमा एसएलसीसम्म अंग्रेजीको एउटा मात्र विषय पढेका थिए । उही ‘लेटर टु गम्भीरमान’ घोकेका थिए । अमृत साइन्स कलेजमा अंग्रेजीमा लेखिएका फिजिक्स र केमेस्ट्रीका मोटा ठेली पढ्न सुरुमा उनलाई निकै हम्मेहम्मे प¥यो । तैपनि सक्दो मेहनत गरेर आइएस्सीमा फस्र्ट डिभिजन ल्याए । 

२०४१ सालमा पुकार बंगलादेश, ढाकास्थित राजशाही मेडिकल कलेजमा भर्ना भए । जहाँबाट २०४७ सालमा एमबीबीएस पूरा गरे । त्यसपछि सुरु भयो, चिकित्सकको जिन्दगी । काठमाडौंको वीर अस्पतालबाट एक वर्षको अभ्यास अध्ययन (इन्टर्नसिप) पूरा गरे । 

पढ्नुपर्ने त सर्जरी पो रहेछ ¤

उनले वीर अस्पतालमा इन्टर्नसिप गरिरहँदा त्यहाँ सर्जन (शल्य चिकित्सक) थोरै थिए । पुकार भन्छन्, ‘सर्जरीमा मान्छे नपुगेको देखेपछि मलाई लाग्यो, पढ्नुपर्ने त सर्जरी पो रहेछ । सर्जरीमा आज अपरेशन ग¥यो, बिरामी भोलि ठीक भइहाल्छ । त्यसैले सर्जनको भ्यालु हुने मलाई महसुस भयो ।’

त्यो बेला सरकारी जागिरको महŒव ठूलो थियो । मेडिकल अफिसरका लागि लोकसेवा आयोगले १०५ जना मागेको थियो, ३५० जनाले दर्खास्त हालेका थिए । पुकारले त्यसमा नाम निकाले । स्वास्थ्य मन्त्रालयमा नियुक्ति लिन जाँदा उनले थाहा पाए, बुटवल अञ्चल अस्पतालमा खटाइएको रहेछ । त्यतिबेलासम्म उनको बिहे भइसकेको थियो । पत्नी नविना श्रेष्ठका साथ उनी बुटवल पुगे । 

तराईको उखरमाउलो गर्मी अनि लामखुट्टे र सर्पको बिगबिगी । दिनहँु अस्पतालमा सर्पले टोकेका बिरामी ल्याइन्थे । सर्पले टोकेका कतिपय बिरामीको हेर्दाहेर्दैै सास बन्द हुन्थ्यो, भेन्टिलेटर थिएन । रातभर उनी लगायतको टिमले कृत्रिम श्वासप्रश्वास गराउँथ्यो । विषको असर कम हुँदै जान्थ्यो । ‘हामीले इमरजेन्सीमा त्यसरी सर्पदंशका धेरै बिरामीलाई बचायौं,’ पुकार सम्झन्छन् । 

करिब १० महिनामा काठमाडौंको टेकु अस्पतालमा सरुवा भयो । सर्जरी पढ्ने चाहना हुँदाहुँदै पनि उनले टेकु अस्पतालमै करिब अढाइ वर्ष काम गरे । वीर अस्पताल र टिचिङको संयुक्त पहलमा नेपालमा सर्जरी कोर्सको पढाइ एमएसएमडी सुरु भयो । उनी सर्जरी पढ्न थाले । पढाइ सकेपछि पाटन अस्पतालमा एक वर्षसम्म काम गरे । बुटवल अञ्चल अस्पतालमा उनले आफ्नो क्षमता देखाइसकेका थिए । ‘डा. पुकारको अन्यत्रै बढी खाँचो छ’ भन्दै उनलाई फेरि बुटवल नै पठाइयो । बुटवल अञ्चल अस्पतालमा उनले जनरल सर्जनका रूपमा उनले एपेन्डिक्स हर्निया, गल स्टोन, किड्नी स्टोन लगायतको शल्यक्रिया गरे ।  

काम गर्ने क्रममा उनले भर्खरका मान्छे मिर्गौला फेल भएर मृत्युको मुखमा पुगेको धेरै भेटे । त्यस्ता घटना देखेपछि उनी खुबै चिन्तित हुन्थे । यस्ता मान्छे कसरी बचाउन सकिएला ? यो प्रश्नको उत्तर खोज्न उनी चिन्तन गर्न थले । त्यसो त पुकार केही फरक काम गर्न चाहन्थे । भन्छन्, ‘त्यतिबेलादेखि मेरो मानव अंग प्रत्यारोपणको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच पलाएको हो ।’

बेलायतमा प्रत्यारोपण तालिम

त्यतिखेर स्कटल्यान्डका वरिष्ठ लिभर ट्रान्सप्लान्ट सर्जन डा. डेभिड कार्टरले नेपालमा ‘स्कटिस फाउन्डेसन फर सर्जरी इन् नेपाल’ स्थापना गरेका रहेछन् । फाउन्डेसनले हरेक वर्ष नेपालका एक जना युवा सर्जनलाई बेलायतमा ‘अब्जर्भेसन प्रोग्राम’ का लागि ३६ सय पाउन्ड दिँदो रहेछ । त्यो ६ हप्ते अब्जर्भेसन टुरका लागि आवेदन मागिएको थियो । डा. पुकारले त्यो मौका किन छाड्थे र ¤ फारम भरे । छनोटमा परेका उनी सन् २००० मा कलेजो, मिर्गौला र प्यान्क्रियाज प्रत्यारोपण कसरी हुँदो रहेछ सिक्न बेलायत गए । बेलायतको बर्मिंघमस्थित ‘क्विन एलिजावेथ हस्पिटल अफ लिभर ट्रान्सप्लान्ट’ मा उनले कलेजो र मिर्गौला प्रत्यारोपण हेरे । त्यसबारे राम्रो ज्ञान लिन उनले ‘अब्जर्भेसन’ मात्र गरेनन् । कामको जिम्मेवारीसमेत लिने सोच बनाए । बेलायतका मेडिकल प्रोफेसरहरूले उनलाई एउटा नौलो जिम्मेवारी दिए, जुन त्यो बेलासम्म कसैले गरेको थिएन । कलेजोको दायाँ या बायाँ भागको मात्र अपरेशन हुन्छ । कहिलेकाहीँ दायाँ भागसँगै केही मात्रामा बायाँ भागको पनि अपरेशन गर्नुपर्ने हुन्छ, जसलाई ‘एक्स्टेन्डेड लिभर सर्जरी’ भनिन्छ । त्यसरी कलेजोलाई आधाभन्दा बढी चिर्ने काम जटिल हुन्छ । त्यो अपरेशनको अध्ययन त्यतिबेलासम्म नभएकाले डा. पुकारलाई नै त्यसका पुराना रिजल्ट हेरेर रिपोर्ट तयार गर्ने जिम्मेवारी दिइयो । 

‘मैले दराजमा खाँदेर राखिएका पुराना फाइलहरू झिक्दै, धुलो टक्टक्याउँदै अध्ययन गर्न थालेँ । आफ्नो भ्रमण पूरा हुनु एक दिनअघि एक्सटेन्डेड लिभर सर्जरीमा तपाईंहरूको रिजल्ट यस्तो छ भनेर मैले डिटेल रिपोर्ट दिएँ, उनीहरू छक्क परे’, डा. पुकार सम्झन्छन् । 

अब्जर्भेसन गर्न आएको नेपाली सर्जनले कलेजोको जटिल सर्जरीको अध्ययन गरेर प्रतिवेदन बुझाएको देख्दा त्यहाँका प्रोफेसरहरू चकित नपर्ने कुरै थिएन । ती प्रोफेसरहरूले गह्रौँ मन बनाउँदै विदा गरे । स्वदेश फर्किएको केही वर्षमात्रै भएको थियो, ती प्रोफेसरहरूले उनलाई एक वर्षका लागि फेलोसिपमा फेरि बोलाए । एक वर्षका लागि गएका उनले दुई वर्षसम्म कलेजो प्रत्यारोपणकै क्षेत्रमा त्यही काम गरे । 

एक दिन उनको मनमा एउटा प्रश्न उब्जियो, यसरी कलेजो प्रत्यारोपण सिक्दा स्वदेशमा काम लाग्ला त ? कलेजोसँगै मिर्गौला प्रत्यारोपण पनि सिक्दा नेपालमा उपयोगी हुने उनलाई लाग्यो । यो इच्छा अस्पतालका प्रोफेसरहरूसँग राखेपछि उनलाई नर्थ इङ्ल्याण्डको न्यु क्यासलस्थित ‘फ्रिम्यान हस्पिटल’ मा डाकियो । अस्पतालको ‘ट्रान्सप्लान्ट डिपार्ट’ अन्तर्गत ‘लिभर, किड्नी, प्यान्क्रियाज युनिट’ मा चार वर्षसम्म कार्यरत रहेर उनले मिर्गौला प्रत्यारोपणका बारेमा गहिरो अध्ययन गरे । 

सुरु सुरुमा त उनी शनिबार पनि अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको छ कि छैन भनेर हेर्न जान्थे । अपरेसन भइरहेको भए, सहयोगीको रूपमा थिएटरभित्र पस्थे । विस्तारै उनी त्यहाँका सर्जनका लागि पारिश्रमिक बिना काम गरिदिने सहयोगी बन्न पुगे । उनका लागि त्यो सिक्ने अवसर बन्यो । उनले सघाउँदा सघाउँदै सिके ।  

सघाउँदा सघाउँदै डा. पुकारले मिर्गौला प्रत्यारोपणमा धेरै ज्ञान हासिल गरिसकेका थिए । फ्रिम्यान अस्पतालमा सिनियर सर्जन बिदामा बसेको बेला अपरेशनको सारा जिम्मा उनकै हुन्थ्यो । खोजी खोजी उनलाई शल्यक्रियामा बोलाउन थालियो । त्यसबापत उनी प्रतिघन्टा ५५ पाउन्ड कमाउँथे, जुन उनको अतिरिक्त कमाइ थियो । यसक्रममा उनी ट्रान्सप्लान्ट विभागको सिनियर रजिस्टार नै भए । 

डा. पुकारको उद्देश्य विदेशमै रमाउनु थिएन । त्यहाँ सिकेको ज्ञान र सीप नेपालमा ल्याउनु थियो । त्यसैले उनले नेपाल फर्कर्ने निर्णय गरे । राम्रा प्रस्ताव त्यागेर नेपाल फर्कर्ने निर्णय विदेशीलाई सुनाएका उनले भने, ‘मैले उहाँहरूलाई भने, म आफ्नै देशमा यो काम सुरु गर्न चाहन्छु, मलाई सहयोग गर्नुस् ।’ 

त्यो उमंग र उत्साह 

उत्साह र उमंगका साथ नेपाल फर्किएका डा. पुकार वीर अस्पतालको मिर्गौला प्रत्यारोपण युनिटमा प्रवेश गर्दा त्यहाँ धुलाम्य थियो । कोठामा माकुराको जालो देखिन्थ्यो । केही वर्ष अघि खडा भएको उक्त युनिट लगालिंग अवस्थामा थियो । प्रत्यारोपणका लागि अपरेशन थिएटर थिएन । यी सबै अभाव र संकट पन्छाउँदै उनी त्यो अभियानमा दृढ भएर लागे, जसलाई उनले आफ्नो जीवनको मूल लक्ष्य बनाएका थिए । 

वीरमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा उनी विदेशी सर्जनलाई पनि सहभागी गराउन चाहन्थे । भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का सर्जन डा. सन्दीप राजी भए । सन् २०१२ डिसेम्बर १२ मा डा. पुकार र सन्दीपको टोलीले नेपालमै पहिलो पटक सफलतापूर्वक दुई जनामा मिर्गौला प्रत्यारोपण ग¥यो । त्यसपछिका मिर्गौला प्रत्यारोपण डा. पुकारकै नेतृत्वमा हुन थाले । वीरमा रहँदा डा. पुकारले चार वर्षमा ९९ सयवटा प्रत्यारोपण गरे । नेपालमै मिर्गौला प्रत्यारोपण सफल भएकोमा खुशी हुने धेरैमध्ये वीरका तत्कालीन निर्देशक डा. प्रवीण पनि एक  थिए । 

यसरी बन्यो, प्रत्यारोपण केन्द्र  

मिर्गौला प्रत्यारोपणका लागि वीरमा चाप बढ्दै गइरहेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले डा. पुकारसँग भने, ‘भक्तपुर अस्पताल परिसरमा एउटा भवन पाँच वर्षदेखि त्यसै थन्किएको रहेछ, हेर्न जाऊँ ।’ भवन बनिसकेपछि त्यहाँ केही समय गाइनो ओपीडी सेवा सुरु गरिएको रहेछ । तर, खासै चल्न नसकेपछि ताला लगाएर राखिएको रहेछ । डा. पुकारले जब त्यो भवन देखे, उनले बढीभन्दा बढी बिरामीलाई प्रत्यारोपण सुविधा दिने सपना साकार हुन सक्ने सम्भावना देखे । भवन हेरेलगत्तै डा. मिश्रले चिकित्सा महाशाखाका तत्कालीन प्रमुख डा. सेनेन्द्र उप्रेतीलाई त्यो भवनमा ‘मानवअंग प्रत्यारोपण केन्द्र’ स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिए । ‘डा. उप्रेतीले मलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रत्यारोपण केन्द्रको नियमावली बनाउनुुस् भन्नुभयो’, डा. पुकार सम्झन्छिन्, ‘हामीले त्यसरी काम सुरु गरेका थियौं ।’ नियमावली बनेपछि ‘गठन आदेश’ बमोजिम मानव अंग प्रत्यारोपण केन्द्र गठन भएको हो । २०६९ साल माघमा ६ गते केन्द्रले मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । 

निःशुल्क प्रत्यारोपण  

विश्व स्वास्थ्य संगठनको त्योबेला रिपोर्ट आउँथ्यो, नेपालजस्ता देशमा किड्नी फेल भएपछि मानिसहरू केही महिनामै मर्छन् । नेपालमा डायलासिस खर्चालु उपचार थियो । हरेक बिरामीका लागि कम्तीमा मासिक २५ हजार रुपियाँँ डायलासिसमा खर्च हुन्थ्यो । अझ निजी अस्पतालमा त ४०÷५० हजार नै लाग्थ्यो । एक महिना डायलासिस गरेर मात्र पुगेन । जीवनभर डायलासिस गर्नु आम नेपालीको सामथ्र्यको होइन ।  

डायलासिसमा खर्च धान्न नसकेका दारुण कथाहरू सुनेपछि र आफैँले देखेपछि डा. पुकारलाई लाग्यो, गरिबी व्याप्त यो देशमा डायलासिस निःशुल्क गराउनैपर्छ । डायलासिस सेवा राज्यले नै निःशुल्क दिनुपर्छ । ‘के चाहियो त ?’, उनले सोधे । ‘पाल चाहियो, खाट चाहियो’, पीडितहरूले भने । उनले आफ्नै गोजीबाट झिकेर २० हजार रुपियाँ दिए । केही दिनपछि स्वास्थ्य सचिव भेट्न गएका डा. पुकारले उनीसँग भने, ‘मैले मिर्गौला पीडितहरूलाई सहयोग गरेर आएँ ।’

‘लौ, उनीहरूलाई घर जाउ भन्नुपर्नेमा उल्टै अनशनका लागि सहयोग गरेर आएको ?,’ सचिवले आश्चर्यमिश्रित भावमा भने ।  

हो डा. पुकारको त्यो सहयोगका कारण मिर्गौला रोगीले राहत पाएका छन् । आन्दोलनको दबाबपछि नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य भएका बेला मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा दिने निर्णय भयो । यसैगरी मिर्गौला प्रत्यारोपण, र औषधि खर्चसमेत सम्बन्धित निकायबाट सिफारिस भएका निःशुल्क पाउने व्यवस्था छ । मिर्गौैला फेल भएका, रोगी, उनका आफन्तको अन्तस्करणको पुकार सुनिदिने चिकित्सक पुकार श्रेष्ठले अझ धेरै त्यस्ता बिरामीको पुकार सुन्ने सामथ्र्य राखून् । शुभकामना !