20th August | 2018 | Monday | 8:45:22 AM

भिन्न छिन् मेरी आमा

मुरारी ढुंगेल   POSTED ON : Monday, 16 April, 2018 (3:01:45 PM)

भिन्न छिन् मेरी आमा


ममताकी खानी हुन् मेरी आमा

मायाकी पर्याय हुन् मेरी आमा !

दाँत नआउँदा चपाइ–चपाइ खुवाइदिने आमा

जाडो झेल्दै रातभर न्यानो काखमा सुताइदिने आमा !!



आफू नखाई नखाई सन्तानको पेट भर्छिन्

अनेकौं मेरा गल्तिलाई सधै ढाकछोप गर्छिन् !

आफू अनिँदो बसी रातभरी लोहरी गाउँदै सुताउँछिन् आमा

स्वार्थ रहित अतुलनिय ममताकी खानी हुन् मेरी आमा !!


लाखौ कष्ट सहदै यस धर्तिमा पाइला टेकाउने आमा

गोरेटोका काँडा पन्छाई बाटो देखाउने आमा !

‘संस्कार र अनुशासन’ को पाठ घोटाउने आमा

कहिँ कतैबाट तुलनागर्न नसकिने मेरी ‘एक्ली वृहस्पति’आमा !!


मुहारमै चार धाम र स्वर्ग बोकेकी मेरी आमा

शीरमा ताजमहल सजाएकी मेरी आमा !

संसारमै भिन्न पाउँछु ममताकी खानी मेरी आमा 

सबै सन्तानलाई समान रुपमा उत्तिनै माया गर्ने मेरी आमा !!


सन्तानको खुशी खोतल्दै आफूभित्र अथाह सहनशक्ति बोकेकी 

ईश्वर–देवी देवताको  भन्दा फराकिलो छाति लिएकी !

हरेक दुःख कष्टलाई लुकाइ सन्तान सुखका लागि नंग्रा खियाइ रहने

पीडा र कष्टलाई आफ्नो आँखामा कहिल्यै नदेखाई दिने !!


सबैभन्दा सुरक्षित काख निर्माण गर्ने मेरी आमा

गर्भ देखि अहिले सम्मै प्राण भरिदिने मेरी आमा !

अरुभन्दा लाखौ गुणा भिन्न छिन् मेरी आमा

कहिँ कसैसँग तुलना गर्न नसकिने ममताकी पर्याय हुन् मेरी आमा !!