27th May | 2018 | Sunday | 6:15:08 AM

गजल–उनी

राजेन्द्र ढुंगेल   POSTED ON : Tuesday, 24 April, 2018 (4:13:27 PM)

गजल–उनी

लेख्छु म उनकै लागि सुन्दर त्यहीँ नाम लाग्छ,

आफ्नो दिलको आवाज सुन्दा उनकै परिणाम लाग्छ ।।


जसलाई मेरो वास्तै छैन मनले उहीँ मागेको छ,

छाती भित्र यहाँ तर्कभरी प्रश्नहरु जाम लाग्छ ।।


बिश्वास र भरोसा त कहानी मै सिमित भए,

पढ्नुस् मेरा कथा कतै कुरा काट्न काम लाग्छ ।।


शान्ति छैन त्यो महलमा सुख धनले कहाँ मिल्छ,

आशिर्वाद छ झुपडिमा बुझेँ त्यहीँ धाम लाग्छ ।।


समर्पण छैन प्यारमा, हराईसके आस्था यहाँ,

आभास हुन्न आफ्नोपनमा प्रेम पाउँन दाम लाग्छ ।।