18th August | 2018 | Saturday | 11:35:06 PM

गजल – आमा

दल बहादुर शाही   POSTED ON : Friday, 27 April, 2018 (7:51:46 PM)

गजल – आमा

आमाले तिमीलाई जन्माउँदा कोख चिर्नु पर्छ ।

हुर्काउँदा र बढाउँदा  धेरै ठाउँ गिर्नु पर्छ ।


तिम्रो पढाई लेखाई र  खुशीको लागि पनि

बाबाले सात समुन्द्र पारी खाडी छिर्नु पर्छ ।


आफ्ना कैयौ पीडा सहेर तिमीलाई हुर्काउन

देश विदेश मात्र होइन साहुको फिर्नु पर्छ ।


तिमी यदि असल सन्तान हौ भने बुढेसकालमा

तिम्रो पालो आएपछि गुण पनि तिर्नु पर्छ ।


धनगढी कैलाली  ।