19th October | 2018 | Friday | 11:05:56 AM

गजल – हेर्दैछु

कृष्ण प्रसाईं   POSTED ON : Saturday, 28 April, 2018 (6:12:52 PM)

गजल – हेर्दैछु


खसेको फूल झै जिएर हेर्दैछु,

म जिन्दगीलाई गहिरिएर हेर्दैछु ।।


उदास छ बसन्त बिना बहार,

म त्यही वसन्त लिएर हेर्दैछु ।।


प्रेमका पर्दा  च्यात्तिए हुरीमा,

तिनै पर्दाहरु म सिएर हेर्दैछु ।।


तर चुकुलहरु फलामे थिए,

चुकुल झै शीतमा खिएर हेर्दैछु ।।


र थोरै बचेको जिन्दगीलाई,

नरहने गरी नशा पिएर हेर्दैछु ।।



Views: 7