19th October | 2018 | Friday | 11:11:06 AM

गजल– ‘म’

दल बहादुर शाही   POSTED ON : Tuesday, 01 May, 2018 (3:36:25 PM)

गजल– ‘म’

सबैको अगाडी मै  नारी लुटाउने मान्छे म ।

रेमिट्यान्स तिर्न पसिना छुटाउने मान्छे म ।


आजको  युगमा  पनि रुढिवादीमा  केन्द्रित रहेर

बोक्सी भन्दै नारी  कुटाउने मान्छे म ।


दुई  चार  मतिहारलाई सिंहदरवार पुर्याउनका लागि

भाईले  भाईको नै मुख फुटाउने मान्छे म ।


काम गर्ने भन्दा बोल्नेहरुको अति  भरोसा लिएर

श्रम गर्ने श्रमिकहरुलाई लुटाउने मान्छे म ।


पैसा पाए पछि नजिर विधायिकाको ख्याल नगरी

 उल्टै पिडीतलाई प्रश्न उठाउने मान्छे म ।


                                      - धनगढी कैलाली


Views: 7