18th August | 2018 | Saturday | 12:40:12 PM

शहीद पो हुन चाहन्थे हरिहर

रमा लुइँटेल   POSTED ON : Saturday, 05 May, 2018 (3:30:14 PM)

शहीद पो हुन चाहन्थे हरिहर

जाने मानेका पाका पत्रकार हरिहर विरही पछिल्लो समय कुनै संस्थामा आबद्ध छैनन् । यसको अर्थ उनी निष्क्रिय छन् भन्ने होइन । उनी पत्रकारिताले अब लिनुपर्ने बाटो अर्थात ‘मिसन’ को बारेमा चिन्तन र विश्लेषण गर्छन् । सल्लाह सुझाव दिन्छन् । लामो अनुभवले खारिएका हरिहर भन्छन्, ‘अबको पत्रकारिताले राजनीतिलाई प्राथमिकतामा राख्नु पर्दैन ।’ 

संविधानसभाले विवादहरू किनारा लगाएर संविधान जारी गरेपछिको अवस्थामा राजनीतिक उपलब्धिको स्थायित्वका लागि पत्रकारको भूमिका महŒवपूर्ण हुने उनी बताउँछन् । सुशासन कायम गर्न, समृद्धि हासिल गर्न र दिगो बनाउन पत्रकारिताको पनि जिम्मेवारी हुने उनको ठहर छ । राजनीतिक अस्थिरताले लोकतन्त्रको प्रतिफल जनताले महसुस गर्न नपाएको अवस्थामा पत्रकारिता क्षेत्रको ध्यान मुलुकलाई स्थिरतातर्फ बलियो बनाउन केन्द्रित हुनुपर्ने उनको धारणा छ । पत्रकारिताले राजनीतिक दललाई सजग गराउँदै उनीहरूको आचारण र व्यवहार हामीले अपनाएको राजनीतिक व्यवस्था अनुकुल बनाउनु छ । यसो भएमात्रै साँच्चै समृद्धितर्फ हासिल हुनेछ । 


प्रेसमै पत्रिका जफत 

पञ्चायतको आखिरी दिन थियो । हरिहर त्यतिबेलाको चर्चित पत्रिका ‘साप्ताहिक विमर्श’ का सम्पादक थिए । पत्रिका छाप्दै आएको विजय प्रिन्टिङ प्रेसलाई पत्रिका नछाप्न तत्कालीन सरकारले निर्देशन दियो । यस्तो दमनकारी निर्देशन हरिहरलाई पच्ने कुरै भएन । पत्रिका छाप्न अर्को छापाखाना खोज्दै हिँडे । 

सुनकोशी छापाखानाले उनको पत्रिका छाप्ने आँट ग¥यो । त्यो प्रेसका सञ्चालक वामपन्थी कार्यकर्ता थिए । साधारण मान्छे चलाएको भए, पत्रिका छाप्ने आँट गर्दैन थियो, कार्यकर्ताकै प्रेस भएकाले पत्रिका छाप्ने आँट गरेको हो । पत्रिका छाप्दा छाप्दै रात छिप्पियो प¥यो । व्यवस्था विरुद्ध भएको आन्दोलन निस्तेज बनाउन तत्कालीन सरकारले कफर््यु लगायो । जनताको हात हातमा पुग्नुपर्ने पत्रिका प्रेसमै थन्कियो । आन्दोलनको महŒवपूर्ण समयमा पत्रिका प्रेसमै थन्किएपछि हरिहर चिन्तित भए । अर्को छापाखाना खोजेर अनेक कष्टले छापेको पज्ञिकाले बजारको मुख देख्न पाएन । अर्को दिन त्यो पत्रिकाको महŒव हुने भएन । उनी यसमै छटपाइरहेका थिए । यतिकैका रात प¥यो । भोलिपल्ट हुँदा व्यवस्था नै परिवर्तन भसकेको थियो, पञ्चायत ढलिसकेको थियो । 

पञ्चायती व्यवस्थामा पत्रकारिता गर्नु युद्धमा होमिनु जस्तै थियो । जेल जानु, सर्वस्व गुमाउन त सामान्य नै हुन्थ्यो । गोली खान तयार हुनुपथ्र्यो । पद्म ठकुराठीले गोली नै खाए । मदनमणि दीक्षित, चन्द्रलाल झाजस्ता पत्रकारहरू धेरै पटक जेल परे । पञ्चायतकालमा पत्रकारिता गर्दा झेलेका थुपै्र अप्ठ्यारा परिस्थितिहरूको फेहरिस्त छ हरिहरसँग । जस्तोसुकै अप्ठ्यारोमा पनि उनी आफ्नो लक्षबाट विचलित भएनन् । जतिसुकै कठिन परिस्थितिक पनि उनले त्यसको डटेर सामना गरे । 


माफी होइन , जेल मन्जुर

पत्रिकाको सम्पादक हरिहर आफैं थिए । योगी नरहरिनाथको अन्तर्वार्ता छापेका थिए । यही अन्तर्वार्ताले साप्ताहिक विमर्शको दर्ता खारेज भयो । रहरिनाथ प्रजातन्त्रवादी थिएनन्, राजावादी थिए तर उनी तत्कालीन शासनसत्तासँग रुष्ट थिए । अन्तर्वातामा उनले ‘कानुनले अधिकार राजालाई दिएको छ, त्यसको प्रयोग भाइभारदारहरूले गरेका छन्, छाता ओढ्न चाहनेले आफैं छाता समाउनु पर्छ, अहिलेको शासनले राजतन्त्रको भलाइ गरेको छैन, जनताको पनि कल्याण गरेको छैन’ भनेका थिए । राजा र राजसंस्थाको हितका योगी नरहरिनाथले भनेको कुरा शासकहरूलाई पचेन । उनको अन्तर्वार्ता छापिएको साप्ताहिक विमर्श पसल पसलबाटै जफत भयो । पत्रिकाको दर्ता खारेज भयो । पत्रिकाको कम्पोजर समेत थुनामा परे । हरिहर राजकाज मुद्दामा ८ महिना थुनामा परे । विमर्शका प्रकाशक शिव खड्का तीन महिना थुनिए । 

दर्ता खारेज गर्ने सरकारको निर्णयविरुद्ध हरिहरले अदालत गुहारे । अदालतको निर्णय उनका पक्षमा आयो । सरकारको निर्णय बदर भयो । साप्ताहिक विमर्श फेरि प्रकाशित भयो । 

पञ्चायत ढलेर बहुदलीय व्यवस्था आयो । बहुदलमै पनि उनको पत्रिका निशानामा प¥यो । जनतालाई सुसूचित गर्न अक्षर र फोटोमात्रै पर्याप्त थिएन । कार्टुनको सन्देश कति शक्तिशाली हुन्छ भन्ने हरिहरलाई थाहा नहुने कुरा थिए । उनले आफ्नो पत्रिकामा टनकपुर सम्झौताविरुद्ध परेको रिटमा फैसला ढिलो भइरहेको विषयमा एउटा कार्टुन छापे । कार्टुनले अदालतलाई पनि छोएको थियो । पत्रिका छापिएकै दिन अदालतको मानहानीको मुद्दा प¥यो । उसै दिन उनी अदालत हाजिर हुनुप¥यो । अदालतले हरिहरको विपक्षमा फैसला ग¥यो । क्षमा मागे सजाय मिनाहा हुने अदालतको निर्णय थियो । स्वाभिमानी हरिहरलाई क्षमाको सर्त मान्य भएन । उनले माफी मागेनन्, जेल बस्न मन्जुर गरे । 





आचार्य छोडेर विरही 

नागरिक स्वतन्त्रता र समानतामा विश्वास गर्ने हरिहरलाई आफ्नै नाम पछाडिको थर आचार्यले जातियतालाई प्रोत्साहन गरेको अनुभूति गरायो । त्यसैले उनले नाम पछाडिको परम्परागत थर लेख्न छोड्ने निश्चय गरे । थर नलेख्ने निश्चय त गरे तर के लेख्ने भन्ने प्रश्नले मनमा ठूलै द्वन्द्व चर्कायो । त्यतिखेर उनी राजकाज मुद्दामा जलेश्वर जेलमा थिए । तत्कालीन राजा महेन्द्रको जन्मोत्सवको बेला कालो झण्डासहित जुलुस प्रदर्शन गरेको कारण देखाउँदै उनलाई पक्राउ गरिएको थियो । जेलको वातावरण, परिवारसँगको विछोडका कारण तनावमा थिए । त्यही समय एक महिलासँग उनको आकर्षण बढेको थियो । यी सबै कारणको फ्युजनका रूपमा उनलाई ‘विरही’ शब्द ठीक लाग्यो । उनी हरिहर पछि आचार्यको सट्टा विरही लेख्ने निर्णयमा पुगे । त्यो समयमा क्रान्तिकारी छविका हरिहरले विरही लेखेको उनका साथीहरूलाई ठिक लागेन । साथीभाइको त्यो टिप्पणी हाँसेर टारिदिए । उनी हरिहर विरही भए ।


शहीद हुन चाहन्थे 

हरिहर विरही आम मान्छेको भन्दा फरक सोच्थे । उनी चन्द्रशेखर आजाद, रामप्रसाद विसमिल लगायतका भारतका शहीदहरूको जीवनीबाट प्रभावित थिए । निरंकुश पञ्चायतको अन्त्य गरेर प्रजातन्त्र प्राप्तिका लागि उनी आफ्नो जीवन आहुति गर्न चाहन्थे । मान्छे स्वभावले नै फरक इच्छा, चाहना राख्ने प्राणी हो । उनको मनमा पनि यो फरक खालको चाहना थियो । ‘म शहीद हुन चाहन्थँे,’ हरिहरले हाँस्दै त्यतिबेलाको आफ्नो इच्छाको कुरा सुनाए । उनी जीवन आफू र आफ्नो परिवारका लागि मात्रै जीवन होइन भन्ने ठान्थे । आफ्नो लागि त सबैले गर्छन् । मुलुकका लागि जीवन अर्पण गर्न सक्नु वास्तवमा साहस हो भन्ने बुझाइ थियो । प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शहीदहरूप्रति उनको ठूलो सम्मान छ । 

प्रजातन्त्र प्राप्तिका लागि उनी जस्तोसुकै जोखिम र खतरा मोल्न तयार थिए । २०३१ सालमा नेपाली कांग्रेसले हवाइजहाज अपरहण ग¥यो । विराटनगरबाट काठमाडौं आउन लागेको हवाइजहाजलाई कांगेसका नेता गिरिजाप्रसाद कोइरालाको योजनाअनुसार दुर्गा सुवेदी, नगेन्द्र ढुंगेल र वसन्त भट्टराईले जहाज अपहरण गरेर सीमापारी पुर्याए । हवाइजहाजमा भएको तीस लाख भारु पार्टीका लागि सुशील कोइराला र चक्र वास्तोलालाई उनीहरूले जिम्मा लगाए । जेलमा बसेर सहकर्मीले गरेको साहसिक काम नियालिराखेका हरिहर त्यो काममा संलग्न हुन चाहन्थे । ‘यस्तो काम त मैले पो गर्ने हो, त्यतिबेला जोखिम र खतरा मोल्ने उत्कट इच्छा हुन्थ्यो,’ उनले हाँस्दै भने । 


बीपी आदर्श पात्र

६५ वर्षअघि सिन्धुलीको खुरकोटमा जन्मिएका हरिहरले बाल्यकाल जनकपुरको ब्रहृमपुरमा बित्यो । छोराछोरी पढाउन तराइमा घर बनाएका थिए उनका बाबुले । उनी कक्षा १० मा पढ्दा पढ्दै नेपाली कांग्रेसको संगठनमा लागे । कांग्रेस नेता सरोज कोइराला र बोधप्रसाद उपाध्यायको संगतले राजनीतिमा सक्रिय भएका थिए । कोर्सका किताबभन्दा इतिहास, राजनीतिशास्त्र, स्वतन्त्रता सेनानीहरूको जीवनका पुस्तक पढ्थे । हरिहर भन्छन्, ‘बाहिरका पुस्तक पढ्ने त्यो बानीले मलाई परिवर्तनको पक्षमा लाग्न घच्घच्यायो ।’ सानैदेखि जमिनदारी र सामन्ती व्यवहारप्रति उनको धारणा विद्रोही थियो । विश्वेश्वरप्रसाद कोइरालाको बारेमा थाहा पाएपछि उनी राजनीतिमा लागे । 

२०२६ सालको कुरा हो । जनकपुरमा ठूलो प्रदर्शन भएको थियो । परिवर्तनका पक्षधर हरिहर पञ्चायती व्यवस्था ढाल्न चाहन्थे । जानकी मन्दिर अगाडि रहेको महेन्द्रको शालिकमा मोसो दलेर उनले राजनीतिक क्षेत्रमा पहिलो कदम चाले । ती दिन सम्झिँदै हरिहरले भने, ‘नागरिक स्वतन्त्रताविना जीवन सार्थक छैन, अरू सबै असम्भव छ भन्ने ठानेर राजनीतिमा जीवन समर्पण गरेँ ।’ 

१६ वर्षको उमेरमा राजनीतिमा लागेका हरिहरले फरक फरक कारणमा महोत्तरी, सिन्धुली, रामेछाप, काठमाडौंका जेलमा ६ वर्ष बिताएका छन् । जेल बसेरमात्रै राजनीतिमा सफल नहुने देखेपछि उनी बीपीले आहृवान गरेको सशस्त्र क्रान्तिमा सहभागी हुन २०३० सालदेखि तीन वर्ष निर्वासित भए । 


पत्रकारिताका साक्षी 

हरिहर लोकतन्त्रको आन्दोलन, नागरिक स्वतन्त्रता र समानताका आदर्शमा बल पु¥याउन सकिने ठानेर पत्रकारितामा लगे । यी उद्देश्य प्राप्तिका लागि लामो समयसम्म पत्रकारिता क्षेत्रमा रहे । त्यो समयमा पत्रकारितालाई व्यावसायिक भन्दा मिसन पत्रकारिताको रुपमा अगाडि बढाउने चेष्टा गरे । त्यसमा उनलाई सन्तोष छ । राजनीतिकर्मीको सुखदुःख थाहा छ । राजनीति गर्दा होस् वा पत्रकारिता गर्दा परिवारको साथ छ । थुप्रै पुरस्कार र सम्मान पाएका छन् । पत्रकारिताको इतिहास बुझेका, अनुभवले खारिएका हरिहर कठिन समयको नेपाली पत्रकारितको एउटा लामो कालखण्डका साक्षी हुन् । उनी नेपाल पत्रकार महासंघको सभापति पनि भए । यतिबेला लेखन, अध्ययन र विश्लेषणमा व्यस्त छन् । उनको ‘आगो निभेको छैन’ नामको पुस्तक प्रकाशित भएको छ ।