दाई मराउने विभिषण जस्तो भाई नहोस् ।
वुहारी भित्र्याउने बाली जस्तो दाई नहोस् ।
बेरोजगार लाटी लठौरी जस्तो होस चल्छ
घरमा यता उता कुरा सार्ने आईमाई नहोस ।।
जस्तो सुकै दुखहरु सहन तयार छ मान्छे
समाजबाटै हेपिनु पर्ने अवस्था काहीँ नहोस ।।
भनिन्छ धर्मशास्त्र अनुसार अशुभ हुन्छ रे
सियो खन्ने गोरु र किलो खन्ने गाई नहोस ।।
कती छिछी र थुई थुई गर्छ अबुझ समाजले
बरु मर्नु बेस जवानीमै विधुवा चाही नहोस ।।
Views: 47