19th October | 2018 | Friday | 11:19:38 AM

कुन बार जन्मिएका मानिस कस्ता स्वभावका हुन्छन ?

  POSTED ON : Sunday, 10 June, 2018 (7:26:22 PM)

कुन बार जन्मिएका मानिस कस्ता स्वभावका हुन्छन ?

काठमाडौं । जन्म बार अनुसार मानिसको भाग्य र उसको आचरण हुने कुरा ज्योतिष विज्ञानले मान्दछ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यसर्थ बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

आइतबार

१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । यस बार जन्मिएका मानिसका साथी धेरै हुन्छन् ।

२. यो बार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहन्छन् ।

३. आइतबार जन्मिएका मानिस चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् ।

४. आइतबार जन्मिएका मानिस सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर पनि उनीहरु चाडैँ रिसाउने स्वभावका हुन्छन् ।

५. आइतबार जम्मिएका मानिस धनवान हुन्छन् ।

६. आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।


सोमबार

१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

२. योबार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडै नर्भस पनि हुन्छन् ।

३. सोमबार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

४. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

५. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । 

६. यो बार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।


मंगलबार

१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।

२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।


बुधबार

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

२. यिनीहरु योजनाहरुको कुनै स्थान नभए पनि  निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

३. यो बार जन्मिएका मानिस सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।

४. बुधबार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् ।

५. यो बार जन्मिएका मानिस सन्तुष्ट स्वभावका हुन्छन् । 

६. बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन् ।

७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा पाइन्छ ।

८. हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।

९. बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार

१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. बिहिबार जन्मिएका मानिसहरु आदर्श स्वभावका हुन्छन् ।

३.बिहिबार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण आफ्नो क्षेत्रमा काम सक्छन् ।

५. यो बार जन्मिएका मानिसहरु मेहनती हुन्छन् ।

६. बिहिबार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।

७. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार

१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

२. यिनीहरु रचनात्मक क्षेत्रमा बढी हुन्छन् ।

३. शुक्रबार जन्मिएकाहरुालाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

४. यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

६. यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

७. शुक्रबार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

८. शुक्रबार जन्मिएकाहरको सम्पक्ति अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् ।

शनिबार

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, बुद्धिमानी स्वभावका हुन्छन् ।

२. यो बार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

३. शनिबार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । 

४. शनिबार जन्मिएका मानिसहरु खर्चालु हुन्छन् । यिनीहरु विलासी जिवन मनपराउने खालका हुन्छन् ।

५. शनिबार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन् ।

६ . आफ्नो दैनिक काममा निपूर्ण हुने गरेरै होला शनिबार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।

७. यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस सफल हुन्छन् ।



Views: 13